पूर्वाञ्चल खबर
दुहबी रंगशालामा आज भएको अन्तिम क्वाटरफाइनलमा हिमालयन शेर्पालाइ ३–० गोल अन्तरले पराजित गर्दै रुपन्देहीले सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो ।
खेलको ११ औं मिनेटमा रुपन्देहीका अम्बर डंगोलले गोल गर्दै रुपन्देहीलाई अग्रता दिलाएका थिए । हिमालयन शेर्पाका लक्ष्मण बिसीले खेलको ४३ औ मिनेटमा आत्माघाती गोल उपहार दिएपछी रुपन्देहीको जीत सहज बनेको हो । रुपन्देहीका लागी खेलको इञ्जुरी समयमा बिदेशी खेलाडी अब्बाले एक गोल गर्दै हिमालयन शेर्पालाई ३–० को गोल अन्तरले सहज जित निकाली अन्तिम चारमा स्थान सुरक्षित गरेको होे ।
आजको खेलको म्यान अफ द म्याच रुपन्देहीका अब्बा घोषित भए । उनले नगद पाँच हजार पुरस्कार पाए ।
बुधबारको पहिलो सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लब र चर्च ब्वाइज काठमाण्डौ बिच हुने आयोजकले जनाएको छ ।