पूर्वाञ्चल खबर
मण्डलको विजयी सँगै मोरंगमा बाम गठबन्धनले ५ वटा क्षेत्रमा जितेको छ । मोरंगमा क्षेत्र नम्बर २ मा भने नेपाली कांग्रेसका डा. मिनेन्द्र रिजाल विजय भएका छन् ।
त्रिपक्षीय भिडन्त रहेको मोरंग क्षेत्र नम्बर ५ मा माओवादी केन्द्रका उमेदवार शिव कुमार मण्डलले प्रतिष्पर्धिहरु नेपाली कांग्रेसका अमृत अर्याल र संघिय समाजवादी फोरम नेपालका राजकुमार यादवलाई पछि पार्दै जीत हात पारेका हुन् । शिवकुमार मण्डलले २२ हजार ९ सय ४५ मत ल्याए । कांग्रेसका अमृत अर्यालले १९ हजार १ सय ५३ र संघिय समाजवादी फोरम नेपालका यादवले १८ हजार ६ सय ४९ मत प्राप्त गरेका छन् ।
त्रिपक्षीय प्रतिष्पर्धा रहेको मोरंग क्षेत्र ५ को अन्तिम नतिजा सवैभन्दा ढिलो आएको हो । जीतपछि शिवकुमार मण्डलले जनताले परिवर्तन र विकास चाहेकै कारण आफ्नो जीत भएको बताए । उनले जनताले गरेको भरोसालाई गुम्न नदिने भन्दै अहिलेसम्म जीत्दै आएको कांग्रेसले कुनै काम नगरेपछि जनताले आफूलाई काम गर्न पठाएको प्रतिकृया दिए ।