animated ellipse animated ellipse

मोरङको ४ र ५ मा माओवादी अग्रता २ मा काँग्रेस

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ मंसिर २०७४, शनिबार ०८:३७
3
Shares
विराटनगर, २३ मंसिर /  मोरङको तीन वटा निर्वाचन क्षेत्रमा गणना भएको प्रारम्भिक नतिजा अनुसार शनिबार विहान ८ बजेसम्म दुई क्षेत्रमा माओवादी र एकमा काग्रेसको अग्रता लिएका छन् ।

अहिलेसम्मको प्रारम्भिक मत परिणाम अनुसार ४ नम्बर निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका अमनलाल मोदी र ५ मा शिवकुमार मण्डलले आफनो अग्रता कायम राख्न सफल भएका छन् । यी दुवै निर्वाचन क्षेत्रमा गणना भएको सुरुवातदेखि नै वामगठबन्धनले अग्रता कायम राखेका छन् । यस अघि भएको घोषित नतिजा अनुसार १ मा एमालेका घनश्याम खतिवडाले ३७ हजार ५ सय २४ मत ल्याएर विजयी भएका छन् । त्यस्तै ३ मा भानुभक्त ढकालले ४२ हजार ४ सय १३ मतले विजयी भएका छन् भने ६ मा ३३ हजार ९ सय ४१ मत ल्याएर एमालेका लालबावु पण्डित विजयी भएका छन् ।

मोरङ २

एमाले ऋिषिकेस पोखरेल  २३९१५
काँग्रेस डा. मिनेन्द्र रिजाल  २४५७५

मोरङ ४
माओवादी अमनलाल मोदी   २३२५८
काँग्रेसका महेश आचार्य  २०३४४

मोरङ ५
माओवादी शिव कुमार मण्डल १५७७७
काँग्रेस अमृत अर्याल १३४४५
संघिय समाजवादी फोरम राजकुमार यादव १२७०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर