RUMPUM
animated ellipse animated ellipse

मोरङको सवै क्षेत्रमा वाम गठबन्धनले दुरी बढाउँदै(१० बजेर ३० मिनेट)

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ मंसिर २०७४, शुक्रबार २२:४६
3
Shares
फाइल तस्वीर
पुष्पराज थपलीया
विराटनगर, २२ मंसिर / मोरङको ६ वटै निर्वाचन क्षेत्रमा वामपन्थी गठबन्धनका उम्मेदवाहरुले अग्रता लिएका छन् ।

आज रातीसम्मको नतिजा अनुसार प्रतिनिधि सभाको ६ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका हुन् ।

काँग्रेसको गढको रुपमा हेरिएको निर्वाचन क्षेत्रमा समेत वामगठबन्धनका उम्मेदवार अगाडी छन् । मोरङ क्षेत्र नम्बर ६ मा संयुक्त वाम गठबन्धनका एमालेका उम्मेद्वार लालबाबु पण्डितले २१९२ मतको अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार एमाले पण्डितले १७९५८ मत ल्याएका छन् भने कांग्रेस उम्मेद्वार डा. शेखर कोइरालाले १५७६७ मत ल्याएका छन् । मोरङ ६ मा ३९२१० मत गणना भएकोे छ ।

त्यस्तै मोरङ क्षेत्र नम्बर १ मा संयुक्त वाम गठबन्धनका एमालेका उम्मेद्वार घनश्याम खतीवडाले १७३१७ मत ल्याएका छन् भने कांग्रेस उम्मेद्वार डिकबहादुर लिम्बुले १४७७५ मत ल्याएका छन् । मोरङ १ मा ३४८७० मत गणना भएकोे छ ।

त्यस्तै मोरङ क्षेत्र नम्बर २ मा संयुक्त वाम गठबन्धनका एमालेका एम्मेद्वार ऋषीकेश पोखरेलले ९४५५ मत ल्याएका छन् भने कांग्रेसका उम्मेद्वार डा. मिनेन्द्र रिजालले ८७३३ मत ल्याइ पोखरेललाई पछ्याइरहेका छन् । मोरङ २ मा २०३९५ गणना भइसकेको छ ।

त्यसैगरी मोरङ क्षेत्र नम्बर ३ मा संयुक्त वाम गठबन्धनका एमालेलेका उम्म्मेद्वार भानुभक्त ढकालले २०४६९ मत ल्याए भने उनलाई पछ्याइ रहेका कांग्रेसका उम्मेद्वार सुनीलकुमार शर्माले १९५२४ मत ल्याएका छन् ।

त्यसैगरी मोरङ क्षेत्र नम्बर ४ मा संयुक्त वाम गठबन्धनका माकेका उम्म्मेद्वार अमालाल मोदीले १०२४२ मत ल्याए भने उनलाई पछ्याइ रहेका कांग्रेसका उम्मेद्वार महेश आचार्यले ७८६७ मत ल्याएका छन् ।

त्यसैगरी मोरङ क्षेत्र नम्बर ५ मा संयुक्त वाम गठबन्धनका माकेका उम्मेद्वार शिवकुमार मण्डलले ५२८० मत ल्याए भने उनलाई पछ्याइ रहेका कांग्रेसका उम्मेद्वार अमृत अर्यालले ४९०३ मत ल्याएका छन् भने सघिय समाजवादी पार्टीका राजकुमार यादवले ४३९२ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर