खबर पूर्वाञ्चल
निगमको आज बसेको बोर्ड बैठकले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३–३ रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको हो ।
मुल्य बृद्धी भएपछी पेट्रोलको प्रतिलिटर एक सय रुपैयाँ, डिजेल र मट्टीतेलको प्रतिलिटर ७७–७७ रुपैयाँ र हवाई इन्धन (आन्तरीकको प्रतिलिटर ८७ रुपैयाँमा समायोजन गरिएको छ । त्यस्तै, हवाई इन्धन भने प्रति हजार लिटर ८ सय ५० डलर कायम गरिएको छ ।
नयाँ मूल्य अनुसार निगमको मासिक घाटा अब ४० करोड रुपैयाँमा सीमित हुनेछ । हाल निगमको मासिक घाटा करीव एक अर्ब रुपैयाँ रहेको थियो ।
नयाँ मूल्य अनुसार अब निगमलाई पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५३ पैसा र मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ ३६ नाफा हुनेछ । त्यस्तै, मूल्य बढेपनि निगमले डिजेलमा प्रतिलिटर २ रुपैयाँ ७१ पैसा घाटा व्यहोर्नुपर्नेछ । त्यस्तै, खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २ सय २६ रुपैयाँ ७७ पैसा घाटा हुनेछ ।
मूल्य बढेपनी भारतको भन्दा नेपालमा डिजेलमा २३ रुपैयाँ ९९ पैसा र पेट्रोलमा १९ रुपैयाँ ४० पैसा सस्तो पर्नेछ ।