AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

दोस्रो चरणको निर्वाचन ४५ जिल्लामा मतदान सुरू(फोटो फिचर)

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ मंसिर २०७४, बिहीबार ०९:५५
3
Shares
पुष्पराज थपलीया
विराटनगर, २१ मंसिर/ प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको दोस्रो चरण अर्थात अन्तिम चरण अन्तर्गत आज ४५ जिल्लामा मतदान सुरू भएको छ ।

वाम गठबन्धनका मोरङ क्षेत्र नं. ६ का एमालेका उम्मेद्वार लालबाबु पण्डितले मतदान गर्दै ।

आज विहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । हिमाली तथा उच्च पहाडी भेगका ३२ जिल्लामा गत मंसिर १० गते नै निर्वाचन सम्पन्न भइसकेको छ ।

मोरङ क्षेत्र नं. ५ का कांग्रेसका उम्मेद्वार अमृत अर्याल मतदानका गदै

४५ जिल्लामा १ सय २८ निर्वाचन क्षेत्र छन् , जहाँ प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ १ सय २८ सिट र प्रदेशसभाका लागि २ सय ५६ सिटका लागि मतदान भइरहेको हो । दोस्रो चरणको निर्वाचनमा जम्मा ४ हजार ४ सय ८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

जसमध्ये प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि १ हजार ६ सय ६३ र प्रदेशसभाका लागि २ हजार ८ सय १९ उम्मेदवार मैदानमा रहेका छन् ।

मकालू टिभिकी शुशीला पाठक रिपोटिङ गदै

प्रदेश नं. १ मा सात जिल्लामा अहिले मतदान भएको भइरहेको छ । सात जिल्लाका ३३ क्षेत्रमा ६ सय २ उम्मेदेवारको भाग्य परिक्षा हुदैछ । सात जिल्लाका ३३ क्षेत्रमा ६ सय २ उम्मेदेवारलाई २२ लाख ७४ हजार २ सय १६ मतदाताले मतदान गर्ने छन् ।

 

प्रदेश नं. १ मा १४ जिल्लामध्ये ७ जिल्लामा गत १० गते पहिलो चरणमा निर्वाचन सम्मन्न भएको थियो ।

वाम गठबन्धनका मोरङ क्षेत्र नं. ६ का एमालेका उम्मेद्वार नेता लालबाबु पण्डितले विराटनगरको महेन्द्र मोरङ कलेजको मतदान केन्द्रमा विहान सात बजे मतदान गरेका थिए भने मोरङ क्षेत्र नं. ६ कै कांगेसका उम्मेद्वार डा. शेखर कोइरालले आर्दश स्कूलको मतदान केन्द्रमा विहान ८ जवे मतदान गरेक थिए ।

मोरङ क्षेत्र नं. ४ का कांगेसका उम्मेद्वार महेश आचार्यले विरातनगरको जनता स्कूलको मतदान केन्द्रमा मतदान गरे त्यस्तै मोरङ क्षेत्र नं. ५ का कांगेसका उम्मेद्वार अर्मत अर्यालले विराटनगर–१० मा रहेको सन्सारी माइस्थान मन्दिरमा रहेको मतदान केन्द्रमा मतदान गरे ।

मोरङ क्षेत्र नं. ६ ख का प्रदेशसभाका एमालेका उम्मेद्वार रमेशप्रसाद पोखरेले महेन्द्र मोरङ कलेजको मतदान केन्द्रमा मतदान गरेका थिए । त्यस्तै मोरङ क्षेत्र नं. ४ का विवेकशील पार्टीका उम्मेद्वार अम्लेश कर्णले े विराटनगर–१० मा रहेको सन्सारी माइस्थान मन्दिरमा रहेको मतदान केन्द्रमा मतदान गरे ।

कान्तीपुर टिभीका विराटनगर सम्वाददाता महाप्रसाद खतिवडा विराटनगरबाट लाइभ गर्दै ।

मतदान पश्चात बामगठबन्धन तर्फका मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा उम्मेदवार लालबाबु पण्डितले कोइरालाहरुको जमिन्दारी तोड्दै यसपटक आफ्नो जित सुनिश्चित रहेको दाबी गरे । एक नम्बर प्रदेशमा बाम गठबन्धनको सरकार बन्ने दाबी गर्दै उनले प्रदेशको राजधानी विराटनगरलाइ नै बनाउने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै कांग्रेस नेता तथा मोरङ ६ नम्बर क्षेत्रका उम्मेदवार डा. शेखर कोइरालाले विराटनगरस्थित आदर्श उच्च माध्यमिक विद्यालयबाट मतदान गर्दै गणतन्त्र संस्थागत गर्न यो चुनाव ऐतिहासिक अवसर रहेको भन्दै अब मुलुक समृद्धितर्फ अग्रसर हुने विश्वास व्यक्त गरे ।

त्यस्तै संघिय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष एंव पुुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पस मतदान स्थलवाट मतदान गरेका छन् । मतदान पश्चात संचारकर्मीसंग बोल्दै उनले यो निर्वाचन पछि संक्रमण काल अन्त्य हने र विभिन्न राजनितिक समास्याको समाधान हुने विश्वास व्यक्त गरे ।

त्यस्तै विराटनगरको सनसरी माईस्थान मन्दीर स्थित मतदान स्थलबाट मतदान गर्दै नेपाली कांग्रेसका क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा उम्मेदवार अमृत अर्यालले जनताको अभिमत मुखरित हुने निर्वाचनले गणतन्त्र र संघीयतालाई संस्थागत गर्ने प्रतिक्रिया दिए । तस्वीरहरु– पुष्पराज थपलीया /खवर पूर्वाञ्चल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर