animated ellipse animated ellipse

भारतीय अभिनेता शशि कपुरको निधन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ मंसिर २०७४, सोमबार २१:३२
3
Shares
मुम्बई, १८ मंसिर / भारतीय अभिनेता शशि कपुरको निधन भएको छ । ७९ वर्षीय कपुरको मुम्बइस्थित कोकिला बेन अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो ।
उनी गत तीन सातादेखि बिरामी भएका थिए । उनले १ सय ४८ हिन्दी र १२ अँग्रेजी फिल्ममा अभिनय गरेका छन् । उनी ६० र ७० को दशकमा असाध्यै चर्चित थिए ।

उनका ‘जब–जब फूल खिले’, ’कन्यादान’, ’शर्मीली’, ’आ गले लग जा’, ’रोटी कपड़ा और मकान’, ’चोर मचाए शोर’, ’दीवार’, ’कभी–कभी’ र ’फकीरा ’ जस्ता धेरै फिल्म सुपर हिट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर