प्रदेश १ काँग्रेसका प्रमुख सचेतक कार्कीले कोभिसिल्ड खोप लगेको रहस्य सार्वजनिक

खबर पूर्वाञ्चल, १८ जेष्ठ २०७८, मंगलवार १६:०१
फाइल तस्वीर

विराटनगर / कोभिड १९ विरुद्धको कोभिसिल्ड खोप लगाएकोमा चर्को आलोचना गर्दै आएका नेपाली काँग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले आफैले जिल्ला स्वास्थ्य कार्यालय मोरङ मार्फत खोप लगेको रहस्य सार्वजनिक भएको छ ।

केहीदिन अघि विज्ञप्ति जारी गर्दै खोप वितरणका विषयमा प्रश्न उठाएका कार्कीले सोमबार अपरान्ह स्वास्थ्य कार्यालयमा आफ्ना एक जना कार्यकर्तालाई पठाएर तीन भायल खोप लगेको श्रोतले बताएको छ । उनले खोप मागेपछि स्वास्थ्य कार्यालयले संवन्धित निकायसँग समन्वय गरेर खोप दिएको हो । उनले यसअघि खोप वितरणप्रति असन्तुष्टि जनाउँदै विज्ञप्ति निकालेका थिए । सो विज्ञप्ति निकाल्नु अघिल्लो दिन सामाजिक विकास मन्त्री उषाकला राईसँग खोप मागेका थिए । राईले नाम लिस्ट सहित निवेदन दिन आग्रह गर्दा उनले इन्कार गरेको मन्त्री निकट श्रोतले बताएको छ ।

सामाजिक विकास मन्त्री उषाकला राई गृहजिल्ला खोटाङ गएको मौका छोपी कार्कीले खोप लगेका हुन । उनले सो खोप कहाँ लगाए भन्नेबारे एकिन भएको छैन । सचेतक कार्कीले भने पत्रकारहरुसँग आफुले खोप नलगेको दावी गरेका छन् । उनले आफुले फ्रन्टलाईनरलाई दिनका लागि खोप मागिरहेको बताए । खोप वितरण प्रकृयाप्रति असन्तुष्टि जनाएका कार्कीले केहीदिन अघि प्रदेशसभा, मुख्यमन्त्री कार्यालयमा साना तथा ठुला कर्मचारीसँग च्यानल मिलाएर आफ्ना मानिसलाई खोप लगाएको श्रोतले बताएको छ ।
पहिलो डोज खोप लगाएर विभिन्न जिल्लामा मौज्दात रहेको खोप प्रदेश १ स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रमा जम्मा भएपछि सामाजिक विकास मन्त्रालयले फ्रन्टलाईनमा खटिने व्यक्तिहरुलाई संघ संस्थाको सिफारिसमा खोप लगाएको हो । मन्त्रालयका अनुसार मौज्दात मा रहेको खोप कुनैपनि स्थानीय तहमा लगाउन नपुग्ने भएपछि राजधानीमा केन्द्रित रहेका फ्रन्टलाईनर संस्थाहरुको सिफारिसमा दोश्रो डोज खोप दिईएको छ ।

खोप लगाउने जिम्मा जिल्ला स्वास्थ्य कार्यालय मोरङलाई दिईएको सामाजिक विकास मन्त्रीका स्वकीय सचिव विरेन्द्र मगरले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५