खबर पूर्वाञ्चल
प्रदेश र प्रतिनिधि सभाको निर्बाचनकालागि मोरङगमा मन्त्री, पुर्व मन्त्री, पुर्व साँसद , पुर्व मन्त्री—पुर्व साँसद केन्द्रिय नेतादेखी अस्पताल संचालक समेत भिडन्त रोचक देखिएको छ । २०७० मा पाँच क्षेत्र जितेको मोरङ जिल्लामा काँग्रेसलाई यसपाली आफनो शाखा जोगाउन चुनौती खडा भएको छ । बाम गठबन्धन बनाएर एमाले र माओबादी केन्द्रले चुनावी प्रतिस्र्धा गरेपछि दोस्रो संबिधानसभा निर्वाचनमा ६ मध्ये चार वटा क्षेत्र जितेको काँग्रेसलाई यो पाली आफनो शाख जोगाउन चुनौती खडा भएको हो ।
यस्तो छ अवस्था
मोरङगको ६ नम्बर क्षेत्रमा एमाले पोलिट व्युरो तथा पुर्व समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले काँग्रेसका शेखर कोइरालालाई चुनौती दिएका छन । कोइरालाले दुई पटक जितिसकेको यो क्षेत्रमा बिकासका काम नगरेपछि मतदाता रुष्ट भएको बुझेर फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छदारलाई पार्टीमा ल्याएपछि यो पल्ट पनि सहज रुपमा जित हासिल गर्नेमा कोइराला मख्ख छन् । तर, बाम उम्मेदवार लालबाबु पण्डित सदाचारी नेताका रुपमा चर्चित भएकोले मत माग्न जाँदा उनलाई हेर्नकैलागि मतदाताहरुको लस्कर लाग्ने गरेकोले उनको जित सुनिश्चित भएको प्रस्ट देखिन्छ ।
बाम गठबन्धनको बहुमत भएको र आफना चुनावी एजेण्डा पनि सही भएकाले साढे चार हजार मत अन्तरले सहज जित हासिल गर्ने दाबी लालबाबुको छ । एक लाख १० हजार ३ सय २२ मतदाता रहेको यो क्षेत्रमा प्रदेशसभातर्फ ‘क’ मा बाम गठबन्धनका जीवन आर्चायले र ‘ख’ मा रमेश पोखरेलले लालबाबुलाई र काँग्रेसका चुमनारायण तवदार ‘क’ मा र केदार कार्कीले ‘ख’ मा शेखरलाई साथ दिइरहेका छन् । दुवै जना प्रभावशाली हैनन् । यहाँ काँग्रेसको १८ हजार ८ सय ९० एमालेको १७ हजार ६० माओबादीको ७ हजार ८ सय ६६ र लोकतान्त्रिकको ७ हजार ९१५ र संघियमको ७ हजार २ मतछ । २४ हजार वरावर मतदमाता रहेको बुढीगंगा गाउँपालिकाबाट आफुले जित सुनिश्चित गराउने काँग्रेसको दाउ छ । तर अनुगमन गर्दा बुढीगंगामा मतदाता बाँडिएका छन् । उत्तरी क्षेत्रका वडा ६ र ७ नम्बर वडाहरुमा बाम गठबन्धनको लहर छ भने दक्षिणी एक र दुई वडामा महानगरपालिकामा गाभिन नदिएकोमा मतदाताहरु काँग्रेसदेखी रुष्ट छन् ।
मोरङग ५ नम्बर क्षेत्रमा प्रतिनिधि सभामा माओबादी, काँग्रेस र संघीयसमाजबादी बीच त्रिपक्षीय प्रतिस्र्धा देखिएको छ । ८९ हजार २८७ मतदाता रहेको यो क्षेत्रमा बाम गठबन्धनबाट बहालबाला मन्त्री शिवकुमार मण्डल र लोकतान्त्रिक गठबन्धनबाट पुर्व साँसद अमृत अर्याल र चुनावी संघिय समाजबादीका केन्द्रिय सदस्य राजकुमार यादबले चुनावी प्रतिस्र्धा गरिरहे्का छन् । अर्याललको मत संघिय र राजपाका उम्मेदवार शाहीकालिन मन्त्री बद्री मण्डलले बढी काटने भएकोले मुख्य प्रतिस्र्धा संघिय र बाम गठबन्धनबिच हुने देखिएको छ । पहिलको ४ र ५ नम्बर क्षेत्र मिलेर बनेको यस क्षेत्रमा काँग्रेसको १४ हजार ३२ एमालेको ११ हजार ६०१ मओबादीको १० हजार ४५३ र संघियको १५ हजार ३०२ मत छ ।
यहाँ प्रदेश सभातर्फ बाम गठबन्धनबाट ‘क’ मा एमालेका ज्ञानेश्वर राजबंशी र ‘ख’ मा माओबादीका शुभान मियाँ अनि काँग्रेसबाट ‘क’ मा सुकदेब प्रसाद मण्डल र ‘ख’मा राजेशकुमार गुप्ता र संघियबाट ‘ख’ मा जयराम यादब र बिजयकुमार सिँह चुनावी प्रतिस्र्धामा छन् । यहाँ त्रिकोणात्मक प्रतिस्पर्धा जस्तो भएपनि काँग्रेस यहाँ दोस्रो र बाम गठबन्धन र संघीयको प्रतिस्र्धा भैरहेको छ । संघियले ‘ख’ मा काँग्रेसको मत काटने र ‘क’ मा बाम गठबन्धन हाबी भएकोले यहाँ जित बाम गठबन्धनकै सुनिश्चित हुने पक्का छ ।
मोरङगको ४ नम्बर क्षेत्रमा काँग्रेस केन्द्रिय सदस्य तथा पटक–पटक मन्त्री बनिसका महेश आर्चायलाई पुर्व साँसद अमनलाल मोदीले बाम गठबन्धनबाट चुनौती दिइरहेका छन् । जितेपनि खासै काम गर्न नसकेको र निर्वाचन क्षेत्रलाई ध्यान नदिने संकिर्ण स्वभावका भनेर आफनैहरुबाट आलोचित भैरहेका आर्चायले प्रभावशाली युवा नेता गुरुराज घिमिरेलाई पाखा लगाएर आफनै नातेदार बिश्वनाथ रिजालाई उम्मेदवार बनाएपछि काँग्रेस भित्र अन्तरबिरोध पनि चर्किएको छ । यता मोदीलाई चाँही बाम गठबन्धनबाट प्रदेश सभा ‘ख’ मा एमालेका पाका र बौद्धिक नेता जीवन घिमिरे र ‘क’ मा माओबादीका बिजय थारुले साथ दिइरहेका छन् ।
थारु बाहुल्यता क्षेत्र भएकोले यहाँ हरहर मोदी, घरघर मोदी बाम गठबन्धनका उम्मेदरबार अमनलाल मोदी नारा घन्किएको छ । यसैले पनि काँग्रेसलाई यो क्षेत्रमा आफनो पकड बनाउन सजिलो छैन् । यद्यपी आफु बौद्धिक र हेभीबेट नेता भएको र प्रतिस्पर्धी जुनियर भएकोले आफुसँग प्रतिस्र्धा नै हुन नसक्ने आर्चायको दाबी छ । यहाँ काँग्रेसबाट प्रदेश सभा ‘क’ मा लोकतान्त्रिकबाट आएका भक्त्ति माझी उम्मेदवार छन् । यो क्षेत्रमा थारु बाहुल्यता भएको ग्रामथान र कटहरी गाउँपालिका सहित बिराटनगर महानगरको १९ नम्बर वडा पर्दछ । ९९ हजार १२४ कुल मतदाता रहेको यो क्षेत्रमा काँग्रेसको १७ हजार लोकतान्त्रिकको ९ हजार ४ सय एमालेको १७ हजार ९३३ र माओबादीको ४ हजार १४० र संघियको २ हजार ४२५ मत छ ।
मोरङ ३ नम्बर क्षेत्रमा एमाले पोलिटब्यूरो सदस्य भानुभक्त्त ढकाल र बिराटनगर स्थित नोबेल अस्पतालका नटवरलाल संचालक सुनिल शर्माको चुनावी प्रतिस्पर्धा भैहरको छ । एक महिना अगाडीदेखी आचारसंहिता बिपरित स्वास्थ्य शिबिर संचालन गरेर मतदातालाई भ्रममा राख्न सफल भएको भन्दै शर्माले २५ हजार मतान्तरले चुनाव जित्ने डिंग हाकिरहेका छन् । यद्यपी मोरङगको सबैभन्दा बलियो बाम किल्ला मानिने यो क्षेत्रमा स्थानिय तहको निर्बाचनमा पथरी र बेलबारी नगरपालिकाका सबै पदमा बामले नै जित हासिल गरेको छ ।
यहाँ १ लाख २७ हजार ४९६ मतदाता रहेको क्षेत्रमा काँग्रेसको १३ हजार ६३६ एमालेको १७ हजार ३१५ माओबादीको १० हजार ६९६ मत छ । प्रदेशसभातर्फ बाम गठबन्धनबाट ‘क’ मा गीता तिम्सिना र ‘ख’ मा राजकुमार ओझा अनि लोकतान्त्रिक गठबन्धनबाट ‘क’ मा सुर्यमा राई र ‘ख’ मा ललित श्रेष्ठ ले चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । शर्माले पैसाको बलमा टिकट लिएकोले स्थानिय काँग्रेसीहरुमा चरम असन्तुष्टि छ । उनको चुनाव प्रचारप्रसारमा पनि स्थानिय भन्दा आयातित युवाहरु नै बढी हिडिरहेका छन् । यसैले बौद्धिक र परिपक्व नेता मानिएका भानुभक्त्तको मात्र नभएर बाम गठबन्धनका सबै उम्मेदवारको जित निश्चित देखिएको छ, यो क्षेत्रमा ।
यसैगरि २ नम्बर क्षेत्रमा पुर्व साँसद ऋषि पोखरेलले बाम गठबन्धनको तर्फबाट पटक पटक मन्त्री बनिसकेका काँग्रेस उम्मेदवार मिनेन्द्र रिजाललाई प्रतिस्र्धामा चुनौती दिएका छन् । पोखरेलले दोस्रो संबिधानसभामा काँग्रेसको किल्ला भत्काउँदै तात्कालिन १ नम्बर क्षेत्रबाट आमोद उपाध्यायलाई हराउँदै जित हासिल गरेर सांसद बनेका थिए । यसपाली पनि उनि काँग्रेसको किल्लालाई भत्काएर सधै भरिका लागि बामहरुको किल्ला बनाउने अठोट लिएर उम्मेदवार बनेका छन् । यस क्षेत्रमा काँग्रेसबाट उम्मेदवार बनेका मिनेन्द्र रिजाल पार्टीको केन्द्रिय सदस्य र प्रभावशाली नेता पनि हुन् ।
उनी २ नम्बर क्षेत्र काँग्रेसको किल्ला र स्वर्गीय गिरिजाप्रसादले निर्वाचन लडेको इतिहासलाई कुनै हालतमा बामहरुको हातमा जान नदिने कखम खाएर चुनावी प्रचारप्रसारमा सक्रिय छन् । प्रदेश सभातर्फ यो क्षेत्रमा बाम गठबन्धनबाट ‘क’ मा गणेश उप्रेती र ‘ख’मा लीलाबल्लभ अधिकारी अनि काँग्रेसबाट ‘क’ मा शिवनारायण सिंह र ‘ख’मा धनिन्द्र कुँवर प्रतिस्र्धाामा छन् । एक लाख ११ हजार ३२१ कुलमतदाता रहेको यो क्षेत्रमा काँग्रेसको १७ हजार ५०७ एमालेको १५ हजार २४६ र माओबादीको ८ हजार ३९८ मत छ ।
मोरङगको १ नम्बर क्षेत्रको प्रतिनिधि सभातर्फ पुर्व साँसद डिकबहादुर लिम्बु र बाम गठबन्धनका घनश्याम खतिवडा चुनावी प्रतिस्र्धामा छन् । सोही क्षेत्रबाट दोस्रो संबिधान सभामा प्रतिस्र्धी रहेका एमाले उम्मेदवार घनश्याम खतिवडालाई नै प्रत्यक्षमा जितेर साँसद बनेका लिम्बुले पुन बाम गठबन्धनका उम्मेदवार खतिवडासँगै प्रतिस्र्धा गरेका हुन् । मोरङ काँग्रेसका सभापति रहेका डिकबहादुर उत्तरी क्षेत्रमा भैरहेको प्राकृतिक सम्पदाको दोहनमा आलोचित बनेका छन् । २०७० मा माओबादी बैध समुहको सहयोगले जित हासिल गर्न सफल भएका लिम्बु यो पटक भने पराजित हुने निश्चित छ ।
चार वर्ष सांसद पदको पगरी गुथेपनि डिगबहादुर सिंहदरबारमुखि बनेको स्वयं कांग्रेस कार्यकर्ताहरु बताँउछन् । उनकै निर्वाचन क्षेत्रमा पर्ने बक्राहा खोलाले मधुमल्लामा वर्षेनी जनजीवन तहसनहस बनाउदा उनले एकैदिन संसदमा आवाज नउठाएको भन्दै सर्वसाधरणहरु आक्रोशित छन् । अन्य सरोकारको विषयमा पनि उनले बोलेका त परै जाओस्, विकासको नाममा उनले केसम्म गरे उनको पार्टीको स्थानीय समितिले चुनावको मुखमा स्वेतपत्र समेत जारी गर्न नसकेको लिम्बुमाथि आरोप छ । कुल एक लाख ७ हजार २३५ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा काँग्रेसको २८ हजार ६९७ एमालेको २५ हजार ६४४ र माओबादीको ७ हजार ४०९ मत छ । यहाँ प्रदेश सभातर्फ बाम गठबन्धनबाट ‘क’ मा माओबादी केन्द्रका कुशल लिम्बु र ‘ख’मा एमालेका उपेन्द्र घिमिरे र लोकतान्त्रिक गठबन्धनबाट ‘क’ मा काँग्रेसका ललित अधिकारी र खमा काँग्रेसका ईश्वरीप्रसाद कोइराला उम्मेदवार छन् । बाम गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार घनश्याम लोकप्रिय नेता हुन् । प्रदेश सभाका दुवै उम्मेदवारहरु पनि स्थानिय मात्र नभएर प्रभावशाली समेत छन् ।
यसैले सबै तरिकाले बिश्लेषण गर्दा यो पाली मोरङ बाम गठबन्धनको लालकिल्ला बन्नेमा धेरै शंका गर्न आवश्यक देखिदैन ।
तपाईको प्रतिक्रिया