RUMPUM
animated ellipse animated ellipse

बिपतको संकटाग्रस्त अवस्थालाई आफै सुरक्षित बनाउँदै ऋषिदेब महिलाहरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ मंसिर २०७४, बुधबार १६:१४
3
Shares
गणेश लम्साल
बिराटनगर १३ मंसिर / बिराटनगर महानगरपालिका १९ नम्बर वडामा रहेको शिसवनी र खाप टोलमा रहेको ऋषिदेब (मुसहर) वस्तीका तीन सय घर परिवार बाढीको प्रकोप टरेपछि घर फर्केको तीन महिना बितिसकेको छ । तर घर फर्केपनि अझै उनिहरुमा सुरक्षा जोखिम टरी सकेको छैन । बस्ने घर निर्माण भैसकेको छैन ।

अझै उनिहरु धेरै जना पालमै असुरक्षित बसोवास गर्न बाध्य छन । यसैले आजकल शिसबनी र खाप टोलका ऋषिदेब महिलाहरु आफु र बालबालिकाहरु मात्र नभएर गाउँको संकटाग्रस्त अबस्थालाई सुरक्षित बनाउन आफै अग्रसर भएका छन । सामुहिक रुपमा बिपत्तीको असुरक्षा भोगेका उनिहरु आजकल आफनो सुरक्षाकालागि महिला समुह गठन गरेर आफैले समाधान खोजिगरिरहेका छन ।

एक सय पचास घर परिवार बसोवास गर्ने दक्षिण तर्फको सिसबनी टोलमा अगुवा महिला चमरु ऋषिदेबको अध्यक्षतामा ११ सदस्यि महिला समुह बनेको छ । यसैगरि उत्तिनै परिवारको बासोबास भएको उत्तरतर्फको खाप टोलमा चमेली ऋषिदेबको नेतृत्वमा ९ सदिस्य समुह सक्रृय छ । अलग अलग समुहका उनिहरु नारी बिकास सँघ बिराटनगरले निर्माण गरिदिएको अलग अलग सामुदायिक भवनमा दिनहुँ दिउँसो जम्मा हुन्छन र आपसी समस्यामा छलफल चलाएर समाधान खोज्छन । घर झगडा के गरि कम गर्ने , रक्सी नियन्त्रणमा कसरी गर्ने , सबै केटाकेटीलाई स्कुल कसरी पठाउने , नजानेलाई के गर्ने , पैसा कसरी जोगाउने , गाउँमा होहल्ला गर्ने र केटीहरुमाथि आँखा लगाउनेहरुलाई कसरी सजाय गराउने अनि रजस्वलाको समयमा किशोरीहरु कसरी सुरक्षित बन्ने , गाउँको सरसफाईमा ध्यान कसरी दिने र गर्भबती र प्रसुती महिलाहरुको सुरक्षा जोखिम कसरी कम गर्ने भन्ने उनिहरुको छलफलको बिषय हुने गरेको छ ।

समुहमा छलफल गर्न थालेपछि आफु जस्तै ऋषिदेब महिलाहरुमा धेरै चेतना बढेको शिसबनी टोल समुहकी अध्यक्ष चमरु ऋषिदेबले बताइन । उनका अनुसार अहिले उनिहरुलाई बाढी , आगलागी र हुरीबतास आउँदा आफु र परिवार कसरी जोगिने र जोगाउने भन्नेबारे ज्ञान भैसको छ । सँगै बिपतको बेला महिला , किशोरी र बालिकाहरु हिँसाबाट कसरी जोगिने भन्नेबारे पनि ज्ञान पाएका छन ।

खाप टोल समुहकी अध्यक्ष चेमेली ऋषिदेबले पहिलो चोटी आफुहरुले समुहमा छफफल गर्न थालेको र अब बडा अध्यक्ष र प्रहरीमा गएर आफना कुराहरु भन्न सक्ने भएको बताइन । भनिन — ‘एक भएर छलफल गर्न थालेपछि फाइदै फाइदा भएको छ ।’

समुहमा आवद्ध ऋषिदेब महिलाहरुका अनुसार सधै रक्सी खाएर आउने घरका श्रीमानहरुलाई उनिहरुले रक्सी सेवन नगर्न दवाव दिन थालेका छन । जसले घरेलु झगडा कुम हुन थालेको छ । यसैगरि संकट अबस्थाको जोखिमबारे बुझेपछि बालबालिकाहरुमा हुने हिँसाबारे उनिहरु सचेत बनेका छन ।

गाउँमा आउने जानेहरुलाई उनिहरुले नियाल्न थालेका छन । घर गाउँ सफा राख्नुपर्छ र सबैले शौचालयमा दिसापिसाब गर्नुपर्छ भन्ने उनिहरुले बुझेका छन । अधिकार कसरी माग्ने ,ठूलासँग कसरी कुरा गर्ने भन्ने मात्र नभै छलफल गर्न थालेपछि महिला किन एक हुनुपर्ने रहेछ र पछाडी किन परेका रहेछौ भन्ने पनि बुझन थालेको खाप टोलकी सतनी ऋषिदेबले बताइन । भनिन , — ‘समुहमा एकता भएपछि फाइदै फाइदा भएको छ हामी धेरै जान्ने भएका छौ ।,’

शिसबनी टोलकी महिला सन्तोषी ऋषिदेबका अनुसार बिपतमा पर्नु अघि आफुहरु असुरक्षामा छौ र समुदायमा धेरै जोखिम छ भन्ने उनिहरुलाई थाहा थिएन । तर बिपतपछि छलफलमा भाग लिन थालेपछि छोराछोरी पढाउनुपर्छ , बचत गर्नुपर्छ उपचार गराउन अस्पताल जानुपर्छ भन्ने कुराको बोध भैसकेको छ ।

समुहमा छलफल गर्न थालेपछि सुरक्षित प्रसुती , अबैध गर्भधारण , रजस्वलामा सुरक्षित हुने सुरक्षित उपायबारे पनि उनिहरुलाई धेरै जानकारी भएको छ ।

खाप र शिसबनी टोलमा बस्ने ऋषिदेब(मुसहर)ह्रु दलित समुदायका हुन । उनिहरु सबै भूमीहिन मात्र छैनन शिक्षा , स्वास्थ्य मात्र नभएर राजनैतिक आर्थिक, समाजिक र साँस्कृतिक सबैखाले अबसरबाट बंचितिकरणमा पारिएका छन । दैनिक जनमजदुरी गरेर जीवन यापन गर्ने उनिहरु बिराटनगर सिँघिया खोलाको किनारमा रहेको ऐलानी जमिनमा बसोवास गदै आएका छन ।

झुप्रे घर बनाएर असुरक्षित बसोबास गरिरहेका उनिहरुले पाउनु कष्ट तव पाए जब साउन अन्तिम साता आएको बाढीले उनिहरुको घरै बगाएर , उनिहरुलाई बिस्थापित बनायो । त्यो बेला कैयौ हप्ता भोकभोकै एउटै पालमुनी खाँदिएर बस्नुपर्दा उनिहरुले धेरै असुरक्षा भोगे । उनिहरुको अबस्था देखेपछि घर फर्केसँगै नारी बिकास संघले उनिहरुको संकटाग्रस्त अबस्थाको जोखिमबारे चासो दियो । यसैले महिला र बालबालिकामा हुने जोखिम न्युनिकरण गराउन उनिहरुलाई नै सचेत गराउन लागिपरयो । सुरुमा उति चासो नदिएका महिलाहरु बिस्तारै समुहमा आवद्ध भएर छलफल गर्न राजी भए ।

खाप टोलमा महिलाहरुको संकटाग्रस्त अबस्थालाई सुरक्षित बनाउने तीन महिने कार्यक्रम संचालन गराएको नारी बिकास संघ मोरंग बिराटनगरकी कार्यक्रम अधिकृत सरिता तिवारीका अनुसार बाढीको बिपत्ती भोगेका महिला बालबालिकाहरुको संकटाग्रस्त अबस्थालाई सुरक्षित बनाउन शौचालय र सामुदायिक भवन निर्माण गरेर उनिहरुको समुह निर्माण गरि शसक्त्तिकरण गर्ने काम भैरहेहेको हो ।

एक्सन एड नेपालको सहयोगमा ऋषिदेब महिला र बालबालिकाहरुको संकटाग्रस्त अबस्थाको अन्त गराउनकालागि तीन महिने नमुना कार्यक्रम संचालन गराएको नारी बिकास संघले तीन जना महिला समाजिक परिचालकाहरु परिचालन गरेर उनिहरुलाई सचेत गराउने काम गरिरहेको छ ।

बिपत र संकटाग्रस्त अबस्थामा यसैले महिला र बालबालिका जोखिममा
बिज्ञहरुका अनुसार कुनैपनि बिपतमा सबै भन्दा बढी असुरक्षित महिला र बालबालिकाहरु नै हुने गरेका छन । बिपतको समस्यामा पहिरचन , शारिरिक संरचना आदि अनेक कारणले बिपतमा ज्यान गुमाउनेहरु पनि बढी महिलाहरु नै हुने गर्दछन । र , बिपत्तपछिको संकटाग्रस्त अबस्थामा पनि महिला र बालबालिकाहरु सुरक्षित हुँदैनन ।

सुरक्षित बसोवास नहुने र समुदाय पनि बिथोलिएको अबस्थामा भएकोले उनिहरुमा बिभिन्न खाले हिँसा हुने झन जोखिम हुन्छ । दुश्ट मनोबृत्ती भएका व्यक्त्तिहरुले संकटाग्रस्त अबस्थालाई अबसरको रुपमा खोजी गरिरहेका हुन्छन । यो बेला महिला र किशोरीहरुमा बिभिन्न खाले शोषण हुने मात्र नभएर यौनिक सुरक्षाबारे जानकारी नहुँदा बिभिन्न संक्रमणहरु पनि फैलन सक्दछन ।

यसैगरि बिपतले मर्माहत भएका अभिभावकहरुलाई भ्रममा पारेर वा बालबालिकाहरुलाई ललाई फकाई गरेर लैजाने समुहहरु प्नि सक्रृय हुन्छन । अर्कोतिर बिपतले सिँगो परिवार मात्र नभएर समुदायलाई नै मानसिक तनाव सृजना गरिदिएको हुन्छ । यो बेला महिलाहरुलाई मनोबिमर्श प्रदान गरेर सजग गराउन सके सिँगो परिवार मात्र नभएर टोल नै तनाव मुक्त्त हुन सक्छ ।

उनिहरु तनाव मुक्त्त भएमा उनिहरु आफनो अबस्थाबारे सोच्न भ्याउँछन । तर जव उनिहरु आफनो बिपतको अबस्था र सुरक्षाबारे आफै सचेत हुँदैनन तवसम्म जोखिम टर्न सक्दैनन । दातृ निकाय एक्सन एड नेपाल बिराटनगर स्रोत केन्द्रका प्रमुख शिवनारायण चौधरी भन्छन — ‘यसैले बिपतको बेला महिलाको सुरक्षाकालागि महिलाकै नेतृत्व आवश्यक पर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर