RUMPUM
animated ellipse animated ellipse

विराटनगर महानगरपालिकालाई स्वास्थ्य संस्था हस्तान्तरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ मंसिर २०७४, मंगलवार १८:१४
3
Shares
विराटनगर, १२ मंसिर ÷/ जनस्वास्थ्य कार्यालय मोरङले विराटनगर क्षेत्रमा सञ्चालनमा रहेको ७ वटा स्वास्थ्य संस्था विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।

जनस्वास्थ्य कार्यालयले विराटनगरमा आज एक कार्यक्रम आयोजना गरी महानगर क्षेत्रमा सञ्चालनमा रहेको ५ वटा सहरी स्वास्थ्य कार्यालय, १ वटा प्राथामिक स्वास्थ्य चौकी र १ वटा स्वास्थ्य संस्था हस्तान्तरण गरिएको हो ।

विराटनगर – १ मा रहेको शहरी स्वास्थय केन्द्र, विराटनगर ५ मा रहेको शहरी स्वास्थय केन्द्र कोचाखाल, विराटनगर ६ मा रहेको शहरी स्वास्थ्य केन्द्र रामपुर, विराटनगर १२ मा रहेको शहरी स्वास्थ्य केन्द्र बख्री, विराटनगर १४ मा रहेको शहरी स्वास्थय केन्द्र जतुवा, विराटनगर १५ मा रहेको प्राथामिक स्वास्थय केन्द्र रानी र विराटनगर १९ मा रहेको स्वास्थ्य चौकी बैजनाथपूर विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख चन्द्र देव मेहताले विराटनगर महानगरपालिको प्रमुख भीम पराजुलीलाई चलअचल सम्पतीसहितको विभिन्न कागजपत्र हस्तान्तरण गरे ।

देश संघियतामा गइसकेपछि स्थानिय स्तरबाट सेवा सुविधा प्रदान गर्ने उद्देश्य अनुरुपमा स्थानिय तहलाई संस्थाहरु हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिको प्रमुख पराजुलीले आर्थिक अभाव भई उपचारबाट बन्चित हुनुपर्ने समस्याको अन्त्य भएको बताए । ‘स्वास्थ्यको पहुँचबाट कोही पनि नगरबासी बन्चित हुनपाउँदैन,’ प्रमुख पराजुलीले भने,

‘महानगरपालिकाबाट स्वास्थ सेवा थप प्रभावकारी बनाउदै लैजानेछौं । उनले भने, ‘जनताको आधारभूत स्वास्थ्य उपचार सेवा प्रदान गर्न महानगरपालिका लागि पर्छ । आर्थिक अभाव भइ खर्च अभावले कोही पनि नगरबासीलाई महानगरपालीले मर्ने दिने छैन ।’ महानगरपालिकाले ९८ लाख ९५ हजार स्वास्थ्य बजेट बिनायोजन गरेको प्रमख पराजुलीले जानकारी दिए ।

नगर क्षेत्रमा बसोबास गर्ने ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई घर– घरमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने निती महानगरपालिकाले ल्याएको प्रमुख पराजुलीले बताए ।

कार्यक्रममा क्षेत्रिय जनस्वास्थ्य कार्यालय धनकुटाको प्रमुख महेश खनालले महानगरपालिको नयाँ जिम्मेवारी थप भएकोले सफलता पूर्वक काम गर्दै अगाडी बढन आग्रह गरे । उनले स्वास्थ्य पहूच नपुगेको ठाउँमा प्रभावकारी सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर