पूर्वाञ्चल खबर

तिम्सिनाले खदिर गरेको जारमध्ये दुईवटामा लेदो भेटिएको हो । उनले लेदो भएको सिलप्याक जारलाई सुरक्षित राखेका छन् । विगत एक वर्षदेखि नै टोलबासीले जीवन विकासको जारको पानी पिउने गरेकोमा अशुद्ध पानी बिक्री गरेको पाइएकोले क्षतिपूर्तिसहित गुणस्तर तथा नापतौल कार्यालय र जिल्ला प्रशासनमा मुद्दा हाल्ने तयारी गरिएको उनले बताए । पानी सिलमा २०७४ कात्तिक २३ गते प्याक भएको मिति उल्लेख गरिएको छ ।