animated ellipse animated ellipse

इटहरी र इनरुवामा सिटीजन इन्स्योरेन्सको शाखा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ मंसिर २०७४, सोमबार १६:५८
3
Shares
विराटनगर, ११ मंसिर / सिटीजन लाइफइन्स्योरेन्सले सुनसरीको इटहरी र इनरुवामा सेवा सुरु गरेको छ ।

आज जिल्लाका दुवै महत्वपूर्ण सहरमा इन्स्योरेन्सको दुईवटा शाखा उद्घाटन भएको छ ।

एक औपचारिक कार्यक्रमबीच इन्स्योरेन्सका पूर्वाञ्चल क्षेत्रीय प्रबन्धक विमल वाग्लेले शाखा उद्घाटन गर्दै भने,‘अत्याधुनिक विमा योजना सहित बजारमा आएको सिटीजन इन्स्योरेन्स जन आकांक्षालाई आत्मसात गर्दै अघि बढ्ने छ ।’

सिटीनका प्रमोटरमा कान्तिपुर मिडिया गु्रप, शिखर इन्स्योरेन्स, बुद्ध एयर, यति एयर, लोमस फर्मास्यिुटिकल्स, रिलायन्स स्पिनिङ ग्रुप, मुरारका गु्रपजस्ता सफल व्यवसायिक घरानाहरु रहेका छन । पूर्वका अन्य ठूला सहरहरुमा पनि इन्स्योरेन्सले सेवा विस्तार गर्ने योजना बनाएको वाग्लेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर