AArya
animated ellipse animated ellipse

छ महिना भित्र विराटनगरमा धुलो खानु पर्ने समस्या हट्छ-मेयर पराजुली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ मंसिर २०७४, सोमबार १६:०४
3
Shares
विराटनगर, ११ मंसिर/ विराटनगर महानगरपालिका भित्रको ७४ किलोमिटर सडक कालोपत्रेको काम सुरु भएको छ ।

एसियाली बिकास बैंकको ऋण सहभागिमा सञ्चालित क्षेत्रिय सहरी विकास परियोजना अन्तरगत महानगर भित्रका ७४ किलोमिटर सडक कालोपत्रेको काम आजदेखि सुरु भएको हो ।

२ अर्ब ६३ करोड रुपैया लागतमा ठेक्का पाएको चाइनिज कम्पनी झोङहेङ कन्ट्रक्सन बेजिङले मझौला सहरी एकिकृत बातावरणीय सुधार परियोजनाले पूरा गर्न नसकेका काम गर्ने छ ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार विराटनगर महानगरपालिका भित्रको ७४ किलोमिटर सडक कालोपत्रे र कालीकाले गर्न नसकेका क्षेत्रको ढल पाइप विच्छयाउने काम परियोजना अन्तरगत गरिने छ ।

दुई बर्ष भित्र काम सक्ने ठेक्का पाएको कम्पनीले विराटनगरको मेनरोड सहित अन्य २०.८ किलोमिटर क्षेत्रमा ढलको पाइप विच्छयाउने, २६.५ किलोमिटर सडक निकास नाला निर्माण गर्ने र विराटनगरको चाङबारी पैनीको सात सय मिटर ठूलो नाला निर्माणपनि निर्माण गर्ने सम्झौता गरेको छ ।

विराटनगर महानगरपालिका भित्र पहिलो चरणमा पाचवटा सडकको निर्माण कार्य सुरु गरिएको प्रोजेक्ट म्यानेजर भरत न्यौपानले जानकारी दिए । विराटनगर–४ को कञ्चन केसलिया मार्ग, बरगाछी चादनी चोक हुदै डिपिएस सम्मको सिरोमणी पथ, दुग्धविकास संस्थान पूर्व पुष्पलालचोक सम्मको सडक र परोपकरा घाट सम्म पुग्ने सम्रट मार्ग र विराटनगर रानी छाला फ्याक्टी सडकमा पहिलो चरणमा काम सुरु गरिने छ ।

मेयर पराजुकीलका अनुसार ठेकेदार कम्पनीले तीन महिना भित्र १५ किलोमिटर सडक कालोपत्रे र एक बर्षको अवधीमा ४५ किलोमिटर सडक कालोपत्रे गरी समय निर्धारण गरिएको बताए । ‘ पहिले बाहिरी सडक निर्माण गरेर ढल विछ्याउन बाकी रहेका स्थानमा काम गर्छाै ।’ पराजुलीले भने ‘ अबको छ महिना भित्र विराटनगरमा धुलो खानु पर्ने समस्या हट्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर