animated ellipse animated ellipse

स्थानीय स्रोत साधनमा पहुच नपुगेको गुनासो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० मंसिर २०७४, आईतवार १६:२४
3
Shares
विराटनगर, १० मंसिर/ स्थानीय स्रोत साधनमा अझै पनि नागरिकको समान पहुच पुग्न नसकेको सरोकारवालाहरुले बताएका छन् ।

आज जागरण नेपालले आयोजना गरेको स्थानीय स्रोतमा नागरिकको पहुच बिषय जिल्ला स्तरीय सार्वजनिक सुनवाई कार्यक्रमका सहभागिहरुले अझै पनि स्थानीय स्रोत साधनमा समान पहुच पुग्न नसकेको बताएका हुन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै महेन्द्र मोरङ क्याम्पसका समाज सास्त्र विभागका प्रमुख चन्द्र उपाध्यायले संविधानले ग्यारेन्टी गरेपनि अझै सम्म समान पहुच स्थापित हुन नसकेको बताएका छन् । प्रभावकारी सुचना प्रवाहकालागि आवश्यक सिपको विकास नभएका कारण स्थानीय स्रोत साधनको समान पहुच पुग्न नसकेको उनको भनाई छ ।

समाजमा पछि परेका सिमान्तकृत समुदाय, आदीबासी जनजाती, दलित तथा महिलाको स्थानीय सुसासन, निर्णयक तहमा सहभागिता तथा शिक्षा, स्वास्थ्य र राजनीतिमा अर्थपूर्ण सहभागिता आवश्यक रहेको उनले बताए । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय मोरङमा प्रमुख दिलनाथ पुरीले स्थानीय स्रोत साधनमा नागरिकको पहुच विस्तारै बढन थालेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर