खबर पूर्वाञ्चल
लैङ्गिक हिंसा अन्त्यका लागि सबै जुटौ, कोही नछुटौ भन्ने नाराका साथ यस बर्ष १६ दिने अभियान मनाइदैछ । हरेक बर्ष नोबेम्बर २५ देखि डिसेम्बर १० सम्म यो अभियान संचालन गर्ने गरिएको छ ।
मोरङमा पनि महिला तथा वालवालिका कार्यालय, इन्सेक क्षेत्रीय कार्यालय विराटनगर, नारी विकास संघ,वपरडेक, जागरण नेपाल, माइती नेपाल, सानाहातहरु, के आई नेपाल , सिविन, ओरेकलगायतका सस्थाहरुको अगुवाइमा जिल्लाका विभिन्न स्थानमा १६ दिन सम्म अभियानहरु संचालन गरिने महिला तथा बालबालिका कार्यालय मोरङकी प्रमुख दुर्गा बरालले बताइन ।
उनका अनुसार जनप्रतिनिधि महिलाहरु हिसा न्युनिकरणमा भुमिका विषयक छलफल गरेर महिलाहिंसा न्युनिकरणमा अग्रसर बनाउने कार्यक्रम रहेको छ । यस बाहेक जिल्लाभर सचेतना कार्यक्रम , र्याली, लगायतका कार्यक्रमहरु आयोजनागर्न लागिएको हो ।