RUMPUM
animated ellipse animated ellipse

निर्वाचन आचारसंहिता विपरीतको सामाग्री हटाउन सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ मंसिर २०७४, शनिबार १८:३१
3
Shares
विराटनगर, ९ मंसिर / विभिन्न राजनैतिक दलले निर्वाचन आचारसंहिता विपरित मोरङको विभिन्न स्थानमा राखेको सामाग्री निर्वाचन कार्यालयले हटाउन सुरु गरेको छ ।

प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको मिति नजिकिएसँगै दलका उम्मेदवारहरुले निर्वाचन आरसंहिता उल्लघनको घटना बढेपछि निर्वाचन कार्यालयको सक्रियामा मोरङमा आचरसंहिता बिपरितको सामाग्री हटाउन सुरु गरेको हो ।

क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरको नेतृत्वमा आज निस्किएको अनुगमन टोलीले मोरङको दक्षिण भेगबाट निर्वाचन आचरसंहिता विपरीत राखेको सामाग्रीहरु प्रहरी लगाएर निकालेको छ । मोरङको कटहरी गाउँपालिकादेखि सुरु गरेको निर्वाचन आचरसंहिता उल्लघन भएको सामाग्री हटाउन कटहरी, कर्सिया, रङ्गेली, अमरदह, डाइनियालगायतको बजार क्षेत्रमा रहेको सामाग्रीहरु अटाएको मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए ।

निर्वाचन आरसंहिता विपरीतिको सामाग्री हटाउन सुरक्षा निकायका प्रमुख समेत लागि परेका छन् । आचरसंहिता विपरीतको सामाग्री हटाउन मोरङका प्रमुख जिल्ला अधिकारी, रामप्रसाद आचार्य, क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसी, सशस्त्र प्रहरीका प्रमुखसहितको टोली निस्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर