animated ellipse animated ellipse

हल्ला मच्चाउँदै काँग्रेस

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ मंसिर २०७४, शनिबार ०७:३४
3
Shares
विराटनगर / विराटनगर–१० शान्तिचौकका परमानन्द राय चारवर्षपछि काँग्रेस प्रवेश गरे । दोस्रो संविधानसभा निर्वाचनपछि काँग्रेस छोडेर संघीय समाजवादी फोरमको सदस्यता लिएका उनी नेपाली काँग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ४ प्रतिनिधिसभाका उमदेवार महेश आचार्यसँग टिका लगाउन पुगे ।

चारवर्षसम्म फोरममा गरेको लगानी पार्टीले नदेखेपछि आफू काँग्रेस फर्केको रायको भनाई छ । स्थानीय तह निर्वाचनमा वडा सदस्यको उमेदवार बन्न उनलाई फोरमका नेता रामचन्द्र यादवले अवरोध गरे । त्यसकै रिसमा राय आफैंले नेता आचार्यलाई बोलाएर प्रवेशको कार्यक्रम आयोजना गरेको थिए । तर, दोस्रो संविधानसभा निर्वाचनमा रायसहित परिवारका सदस्यले काँग्रेसलाई नै भोट दिएका थिए ।

रायजस्तै ६० वर्षे स्थानीय मो.रोजिद पनि काँग्रेसमा प्रवेश गरेका छन् । स्थानीय तह निर्वाचनमा काँग्रेसलाई नै मत हालेका उनले उमेदवारसँग हात मिलाए ।

अर्का २२ वर्षिया धिरजकुमार साह पनि काँग्रेस नेता आचार्यसँगै बसेर फोटो खिचाउँदै प्रवेश गरे । यूवा उमेरका साहलाई अब मधेशी दलहरुले केहि गर्लान् भन्ने लाग्या छैन । ‘हामी सबै मिलेर नेपाल देशलाई विकास गर्नुपर्छ’ प्रवेशपछि साहले भने–हुन त मेरो घरपरिवार सबै काँग्रेस नै हुनुहुन्छ ।

केहिदिन अगाडी त्यहि स्थानमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गला मिलाउँदै लोकतान्त्रिक फोरमका नेता एवं पूर्व गृहराज्यमन्त्री भिमराज राजबंशीसहित ठूलो संख्यामा पार्टी प्रवेश गरेपछि काँग्रेसलाई त्यो देखाउनु थियो । त्यसका लागि नेता आचार्यले तराई क्षेत्रका मतदाता मात्र नभई नेतृत्वमा स्थापित भईसकेका व्यक्ति समेत बारम्बार दलबदल गर्न सक्छन् भन्ने बुझेपछि फोरममा छँदा वडा सदस्य नपाएका राय नेतृत्वमा काँग्रेसीहरुलाई नै काँग्रेसमा प्रवेश गराएर नाक जोगाए ।

काँग्रेसका जुनसुकै नेतृत्वले कार्यक्रम आयोजना गरेपनि चुनाव अगाडी प्रवेश गर्नेको संख्या हजारौं पु¥याएर र देखाएर प्रतिस्पर्धिलाई छक्याउने चेष्टा गर्दै आएका छन् । हरेक दिन घरदैलोसँगै पार्टी प्रवेश कार्यक्रमका लागि कोणसभाको आयोजना गर्नुपर्ने अवस्था छ ।

कतिपय कार्यक्रममा मञ्चमा आशिन र पार्टीका क्रियाशिल वा संगठित सदस्य बाहेक उपस्थित सबैको नाम प्रवेशको सूचिमा हुन्छ, अबिर र मालासहित सबैलाई देखिन्छ । तराई क्षेत्रका मतदातामा अस्थिर र तत्काल लाभ लिनुपर्नेे मनोविज्ञान रहेका कारण यस्तो समस्या आउने गरेको छ ।

राजनीति शास्त्रका सह–प्राध्यापक बिष्णु दाहालका अनुसार सैद्धान्तिक विचार नभए व्यक्तिलाई समाएर प्रतिस्पर्धिमाथि हावी हुने कसरत उमेदवारले गर्ने गर्दछन् । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका सहायक क्याम्पस प्रमुख समेत रहेका दाहाल यस्तो राजनीतिक परिपाटीलाई सैद्धान्तिक आधार नभई कमजोर राजनीतिक आधार मान्नुहुन्छ ।

अर्कोतर्फ पार्टी प्रवेश गर्दा नेतृत्वको समिप पुग्ने र चिन्न सक्ने वा समाजमा आफूलाई स्थापित गराउने उद्देश्यपनि कतिपयले राखेको पाइन्छ । तर, चुनाव अगाडी दैनिक सयौंका सयौं पार्टी प्रवेश गराउने नेतृत्वले चुनावमा भने जस्तो मत ल्याउन नसक्ने संभावना पनि उतिकै छ । ‘अरुलाई देखासिकी गर्न पनि यस्ता कार्यक्रममा अबिर र माला लगाइएको हुनसक्छ’ सह–प्राध्यापक दाहाले भने–छिमेकीसँगको राजनीतिक बैमनश्यताले पनि काम गरेको हुनसक्छ ।

नेता आचार्यलाई अहिले वाम गठबन्धनका उमेदवार अमन मोदी चुनौति बनेपछि आफ्नै सदस्यलाई पार्टी प्रवेश गराएर दवदवा सिर्जना गर्नुपर्ने बाध्यता छ । त्यहि स्थानमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भएको कार्यक्रममा ओलीले आचार्य र मोदीबीचको फरक प्रष्ट पारिसक्नु भएको छ ।

विराटनगर–१० शान्तिचौकमा आयोजित पार्टी प्रवेश कार्यक्रमपछि सम्बोधन गर्नुहुँदै मोरङ क्षेत्र नम्बर ४ का उमेदवार महेश आचार्य ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर