खबर पूर्वाञ्चल
आज अपरान्ह कोणसभामा सहभागी हुन पुगेका नेता कोइरालाले यस पटक जितेपछि विकास गर्ने भन्दै मत मागेका थिए । कार्यकर्ताको आग्रहपछि कुरा सुन्न चोकमा भेला भएका महिलाहरूले यस पटक आफुहरूलाई झुक्याउन नसक्ने भन्दै आलोचना गरे । उनीहरूले भने ’दुई पटक त हामीले पत्यायौं अब विश्वास छैन ।’
’चुनावको बेलामा लुरूक्क आउने अरू बेला नाकमुख ननदेखाउने र काम पर्दा भेट्न नसक्ने मान्छे जनतालाई के काम एक महिलाले भिडबाट प्वाक्क मुख खोलिन् ।’
मनतव्य सके लगतै महिलाको घेरामा परेका मोरङ क्षेत्र नम्वर ६ बाट प्रतिनिधिसभाका उमेदवार बनेका उनले हात नजोडी मुखले मागे ’ मेरो गल्ती भयो म आएनछु धेरै गल्ती मेरै छ तर केही गल्ती यस वार्डको पार्टीको पनि छ मलाई यहाँ आउन पहल नै गरेनन् ।’
चुनाव जितेर विकास त गरेनन् उल्टै कार्यकर्तालाई दोष थोपरेर उनी उम्किन खोजेपछि स्थानीयहरू झन् रिसाए । हुन त पहिलो संविधानसभा उप–निर्वाचनमा जितेपछि कोइरालाबाट ठूलो आशा गरेका यस क्षेत्रका मतदाताहरूले २०७० को निर्वाचनमा पनि ठ्याक्कै यस्तै कुरा सुनेका थिए ’ म त काम गर्ने मान्छे हो हाम्रा वार्डका कार्यकर्ताले गल्ती गरेछन् , म संग यहाँको लागि योजना नै मागेनन् ।’
डा. कोइराला मत माग्दै गाउँ पुग्दा अचेल हरेक ठाउँमा यसरी नै घेरिने गरेको उनीसंगै कार्यकर्ताले बताउँछन् । सात वर्षदेखि लगातार सांसदको भुमिकामा भएपनि उनीमाथि विकास नगर्ने र फर्केर मुख नदेखाउने नेता भन्ने आरोप छ क्षेत्रमा ।
उनको प्रतिष्पर्धामा वाम गठवन्धनका नेता लालबाबु पंडित छन् । उनको इमान्दारिताको छविले डा. कोइरालालाई चुनौति त थपेको छ नै सबैको घेरावन्दी र काम नगरेको आरोपप्रति क्षमायाचना गर्दागर्दै उनलाई विश्वास जगाउने र माहौल बनाउने समय बाँकी छैन ।
नेता जो जादा पनि घेरिन्छ्न नि, हेर्न,माला लगाउन, आफ्नो कुरा राक्न, कुरा सुन्न, के news हो पुस्प सर,