विराटनगर, ६ मंसिर \उपप्रधानमंत्री विजयकुमार गच्छदारले ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र विराटनगरको स्वर्ण जयन्ती महोत्सवको आज उद्घाटन गरेका छन् ।
राजयोग सेवा केन्द्रले विविध कार्यक्रमको अयोजना गर्दै आफ्नो ५० औ स्थापना दिवस स्वर्ण जयन्तीकोरुपमा मनाएको हो ।
सो अवसरमा उपप्रधानमन्त्री गच्छदारले स्वर्ण जयन्तीको शुभकामना व्यक्त गर्दै सामाजिक एवंम मानव कल्याण क्षेत्रमा सेवा केन्द्रले गरेको कार्यको प्रशंसा गरे ।
भारत माउन्ट टापूबाट आएकी प्रजापिता ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयकी उषा दिदीले नेपालस्थित राजयोग सेवाकेन्द्रले भारतबाहेक विश्वमै पहिलोपटक स्वर्ण जयन्ती महोत्सव मनाउन सफल भएको बताइन् ।
सेवाकेन्द्र स्थापनाको ५० बर्ष पुरा गरेको अवसरमा ७ दिनसम्म विविध कार्यक्रम गरि मनाईने ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रकी पूर्वाञ्चल संयोजक ब्रम्हाकुमारी गिता दिदीले जानकारी दिइन् ।
स्वर्ण जयन्तीको अवसरमा रक्तदान,वक्तृत्वकला प्रतियोगिता र दुब्र्यसन मुक्ति प्रशिक्षण लगायतका कार्यक्रम गरिने उनले जानकारी दिइन् ।
२०२३ सालमा स्थापना भएको विराटनगरस्थित सेवा केन्द्र अन्र्तगत पूर्वका १० जिल्लामा ५९ सेवा केन्द्र २ सय ८ पाठशाला र १३ वटा इकाईबाट मानव चरित्र निर्माण सेवा कार्यलाई निरन्तरता दिइएको आयोजकले जनाएको छ ।
स्वर्ण महोत्वसको अवसरमा विभिन्न सेवाका केन्द्रबाट आएका सदस्यसहितका कलाकार र गायकहरुले गायन र नृत्यनाटिका प्रस्तुत गरेका थिए ।
विराटनगर माहानगरपालिकाका मेयर भीम पराजुली र मोरङ जिल्ला समन्वय समिितका सभापति नरेश पोखरेललगायतले कार्यक्रमको सफलताको कामना व्यक्त गरे ।