खबर पूर्वाञ्चल
जिल्ला बालकल्याण समिति मोरङले आज बिराटनगरमा आयोजना गरेको औपचारिक कार्यक्रममा बाललिकाको बिषयमा समाचार लेख्ने चार पत्रकार सहित निबन्ध लेख्ने तीन बालिकाहरु पुरस्कृत भएका हुन ।
पुरस्कृत हुने पत्रकारहरुमा नयाँपत्रिका दैनिकका गणेश लम्साल, उज्यालो नेटवर्कका सुमन तिम्सिना , मकालु टेलिभिजनकी बिनु तिम्सिना र नागरिक दैनिकका बिनोद सुबेदी छन् । यसैगरि बाल अधिकारबारे निबन्ध लेख्ने सुकुना माबिकी समिक्षा कार्की , साजिलाल माविका सुस्मिता राई र जनता माविकी दिपा खत्रीले क्रमश पहिलो , दोस्रो र तेस्रो पुरस्कार प्राप्त गरेका हुन् ।
सबैलाई जिल्ला बालकल्याण समिति मोरंगका अध्यक्ष तथा सिडिओ रामप्रसाद आर्चायले नगद र प्रमाणपत्र दिएर पुरस्कृत गरे ।उनले ऐन कानुनहरु कार्वान्वयन गराए बाल अधिकारलाई सुनिश्चत गराउन सबै लागिपर्न आग्रह गरे ।
उक्त्त अवसरमा बिभिन्न बिद्यालयका बिद्यार्थीहरुल गीत नृत्य प्रस्तुत गरेका थिए ।