खबर पूर्वाञ्चल
भयवाद अध्ययन केन्द्र, धरानले आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरी गुराागार्इंलाई १५ हजार रुपैयाँ नगद राशिको पुरस्कार प्रदान गरेको हो । प्राज्ञ दधिराज सुवेदी, प्रजातन्त्र सेनानी रमाप्रसाद रिजाल र अध्ययन केन्द्रका अध्यक्ष प्रा. डा. टंकप्रसाद न्यौपानेले संयुक्त रुपमा गुरागाईंलाई दोसल्ला, सम्मानपत्र र नगद राशीसहित पुरस्कृत गरे ।
नेपाली भाषा साहित्यको सम्बद्र्धन र भारतमा समेत भयवाद दर्शनको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेलेबापत गुरागार्इंलाई सो पुरस्कार प्रदान गरिएको आयोजक समितिले जनाएको छ ।
कार्यक्रममा कवि टीका आत्रेयले भयवादसम्बन्धी एउटा कविता प्रस्तुत गरिन् । गुरागाईं नेपालीका साथै हिन्दी, मैथिली, बंगाली भाषामा साहित्य सिर्जना गर्छन् ।
तपाईको प्रतिक्रिया