पूर्वाञ्चल खबर
आ– आफ्नो क्षेत्रमा रहेर समाज उल्लेखिय योगदान पु¥याउने पत्रकार र साहित्यकारलाई आज सम्मान गरेको हो । विराटनगरबाट प्रकाशित हुने न्यू सृष्टि दैनिकका प्रधान सम्पादक शंकर खरेल र साहित्यकार भैरवदान सुराना नगदसहित सम्मानित भएका थिए ।
उनीहरुलाई विराटनगर महानगरपालिको मेयर भीम पराजुली, काँग्रेस नेता महेश आचार्य, स्पर्श नेपालका अध्यक्ष संजीवकुमार खड्काले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । पत्रकार खरेलले सम्मान बापत पाएको ५ हजार ५ सय रुपैयाँ स्पर्क नेपाल सुधार केन्द्र संस्थाकै हितको लागि खर्च गर्न आग्रह गदै अध्यक्ष खड्कलाई रकम हस्तान्तरण गरेका थिए ।