AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रचण्ड पुत्र प्रकाश दाहालको निधन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ मंसिर २०७४, आईतवार ०९:२५
3
Shares
काठमाडौं, ३ मंसिर/ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधन भएको छ । प्रकाशको हृदयघातबाट आज विहान मृत्यू भएको हो । दाहालको निधन भएको औपचारिक प्रचण्ड काठमाडौं आइपुगेपछि मात्र गर्ने अस्पतालले तयारी गरेको छ ।’
झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै हेलिकोप्टरबाट काठमाडौं फर्किँदैछन् । चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।
प्रचण्ड परिवारका ५ सदस्यसहित झापाबाट काठमाडौं फर्किएका छन् । उनीसँगै छोरी ज्वाई पनि साथै आएका छन् । दिदी रेणु चितवनबाट काठमाडौं फर्कदैछिन्। प्रकाशकी पत्नी बिना मगर भने कञ्चनपुरमा छिन् । उनी कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतितिनिधिसभा सदस्यकी उम्मेदवार हुन्। उनी पनि अहिले नै काठमाडौं फर्कदैछिन् ।
प्रकाश प्रचण्डका एक मात्र छोरा हुन् । उनी दाहालको सचिवालयमा काम गर्दै आएका थिए । उनलका दुई श्रीमती र दुई छोरा छन् ।

यसैबीच अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। माओवादी केन्द्रका नेता तथा कार्यकर्ता, आफन्त, सुभेच्छुकसंगै अन्य दलका नेताहरुसमेत पुग्ने क्रम सुरू भएसँगै अस्पतालमा सुरक्षा कडा गरिएको हो ।
नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीको टोलीले अस्पताल परिसरमा सुरक्षा दिइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर