खबर पूर्वाञ्चल
आज शनिश्चरे बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । नेपाली काँग्रेसका उम्मेदवार सुनिल शर्मालाई लक्षित गर्दै उनले अवैध रुपमा आएका पैसालाई वितरण गरेर शर्माले जनता किन्न खोजेको चर्चा गर्दै त्यस्ताबाट होसियार हुनु पर्नेमा जोड दिए । दुई नम्बरी र तस्करी गरेको पैसा कसैले बाँडेका भरमा चुनाव नजित्ने उनको दावी छ ।
नेता ढकालले आफ्ना प्रतिष्पर्धी उम्मेद्वार हटियाको चटके जस्तो भएको टिप्पणी समेत गरे । उनले भने ‘हटियामा डम्मरु बजाउँदै चटकेले मानिस भेला गर्छ र सामान बेच्ने प्रयत्न गर्छ तर बुझनेहरुले डम्मरु बजाँउदै बाँदर नचाएको चटक हेर्छन् उसको गफ सुन्छन तर सामान किन्दैनन् मोरङका जनताले अहिले उनको चटक हेर्दैछन् ।’ गैर राजनैतिक व्यक्ति प्रतिस्पर्धामा उत्रिएको भन्दै ढकालले भने ‘नोवेलको व्यापार बढाउनका लागि उनले जनतालाई झुक्याईरहेका छन् ।’
कार्यक्रममा प्रदेशसभा सदस्यका लागि उम्मेदवार गीता तिम्सिनाले आफुलाई पाहुना उम्मेदवार भनी विपक्षीहरुले बजारमा गलत हल्ला फिजाएको बारे प्रतिवाद गरीन् । ‘म त यहीं जन्मे, हुर्कें, अध्ययन गरें र राजनीतिक जीवनको सुरुवात पनि यहींबाट गरें अनी म चाहीं पाहुना कसरी भएँ ?’ उनले प्रतिप्रश्न गरीन् । विभिन्न पार्टी परिवर्तन गर्दै हिंड्ने व्यक्ति चाहीं कांग्रेसका लागि पाहुना भएको उनको भनाई छ
तपाईको प्रतिक्रिया