RUMPUM
animated ellipse animated ellipse

प्रहरीलाई हेक्का राखेर काम गर्न ओलीको चेतावनी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ मंसिर २०७४, शनिबार १९:४४
3
Shares
दमक/ वामपन्थीको बहुमतको सरकार बन्दैछ भन्ने हेक्का राखेर काम गर्न प्रहरीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतावनी दिएका छन् ।

आज साँझ झापाको दमकमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै एमाले अध्यक्ष ओलीले भने दुई महिनापछि यो देशमा वामपन्थी सरकार बन्दैछ । ‘प्रहरीलाई हेक्का रहोस , त्यही अनुसारको व्यवहार गर्नु होला ।’

चुनावका बेला शान्ति सुरक्षामा आँच नर्पुयाउन र कसैको इशारामा गुण्डागर्दी नगर्न ओलीले चेतावनी दिए ।

अध्यक्ष ओलीले भने ‘कुनै सिखण्डीलाई अगाडि सारेर, आफू पछाडि बसेर पान चपाउँदै अर्जुन बन्ने कसैले ठानेका छन् भने कुर्सीबाट उठाएर फाल्ने बामपन्थी सरकार बन्दैछ ।’

एमाले अध्यक्ष ओलीले केन्द्रमा अत्यधिक बहुमतको वामपन्थी सरकार बन्ने र प्रदेश नम्बर १ प्रदेशमा पनि वामपन्थीकै सरकार बन्ने दाबी गरे ।

आगामी सरकार आफ्नो नेतृत्वमा बन्ने अपेक्षाबाट उत्साहित बनेका ओलीले मञ्चमा प्रचण्डतिर हातको इशाराले देखाउँदै भने भने ‘हामी अरिंगाल चपाएर आएका मान्छे जिउँदै छौं ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ अन्तरगत आफ्नै चुनावी प्रचार अभियानमा काठमाडौंबाट माओवादी अध्यक्ष प्रचण्ड , बद्री पंगेनी, कोमल वली र टिका भण्डारीलगायतका कलाकारलाई समेत दिएर आज विहान ओली दमक पुगेका थिए ।

कार्यक्रममा उनले मेरा ‘आदरणीय व्यक्तित्व’ भनेर प्रंचण्डलाई सम्वोधन भने झापा आउनु भएकोमा प्रचण्डलाई स्वागत छ भन्दै ओलीले ५ गते चितवनमा प्रचण्डको सभामा सम्वोधन गर्न आफू जान लागेको समेत जानकारी गराए ।

अध्यक्ष आलीले भने ‘अब कम्युनिष्ट एकता भयोे । अत्यधिक बहुमतसहितको वामपन्थी सरकार बन्छ र देश भ्रष्टाचारमुक्त हुन्छ ।’ उनलेले देउवा नेतृत्वको सरकारलाई कडा आलोचना गर्दै ‘नालायक’ को संज्ञा समेत दिन भ्याए । आलीले भने ‘यो नालायक कांग्रेस सरकार हो, ज्ञानेन्द्रले समेत असक्षम नालालक भनेर हटाएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर