RUMPUM
animated ellipse animated ellipse

मिस्टर एण्ड मिस कोशीको अडिसन सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ मंसिर २०७४, शनिबार १८:०९
36
Shares
पुष्पराज थपलिया
विराटनगर, २ मंसिर / जय मिडीया म्यानेजमेन्ट प्रा.लि. को आयोजनामा भएको मिस्टर एण्ड मिस कोशी २०१८ को अडिसन चरण विराटनगरबाट सुरु भएको छ ।

विराटनगरमा शनिबार भएको पहिलो अडिसनमा मिस्टर कोशीको लागी १२ जना र मिस कोशीको लागी ८ जनाले अडिसन दिएका छन् ।

किशोर–किशोरीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको दोस्रो अडिसन आगामी मंसिर ९ गते ईटहरीमा र १६ गते विराटनगर र चौथो अडिसन पुन ईटहरीमा १७ गते हुने जय मिडिया म्यानेजमेन्टका चियरपर्सन जयराज रायले जानकारी दिए । अडिसनबाट छनोट भएका मध्ये २०÷ २० जना मात्र फाईनल सहभागी हुन पाउने छन् ।

पुषको अन्तिम साता हुने ग्राण्ड फिनालेको विजेताले नगद १ लाख नगद र चाँदीबाट निर्मित क्राउन पाउने आयोजकले जनाएको छ ।

चियरपर्सन रायका अनुसार यस प्रतियोगीताको टप थ्रीमा पर्ने प्रतियोगीले अन्तराष्ट्रिय प्रतियोगीता मिस्टर एण्ड मिस टिन ईन्टरनेशनल प्रतियोगीतमा सहभागी हुन पाउँनेछन् । गत बर्षको मिस कोशीको सेकेण्ड रनरअप सोनीटा दाहाल सो प्रतियोगीतमा सहभागी भएकी थिईन् । सो प्रतियोगीतमा उनले मोस्ट र्चामिगं टिन इन्टरन्यास्नल को उपाधि हात पारेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर