animated ellipse animated ellipse

चौथो संस्करणको एसबीएससी सिंगीन स्टार हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० कार्तिक २०७४, बिहीबार १६:५५
3
Shares
विराटनगर, ३० कार्तिक/ चौथो संस्करणको ‘एसबीएससी सिंगीन स्टार २०७४’ हुने भएको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मोरङ विराटनगरको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

सहकारीले विराटनगरमा आज पत्रकार सम्मेलन गरी चौथो संस्करणको पहिलो अडिसन मंसिर ९ गते हुने जानकारी दिएको छ । सहकारीका अध्यक्ष विष्णु डंगोलका अनुसार यस वर्षको प्रतियोगिता भव्य र सभ्य हुने बताए । ‘हुन लागेको प्रतियोगिता चौथो संस्करणको हो,’ उनले भने, ‘विद्यार्थीहरुमा भएको प्रतिभा प्रस्फुटन गर्न यस्तो प्रतियोगिताले अहम भूमिका निर्भाह गर्दछ ।’

प्रतियोगिताको पहिलो अडिसन मोरङ जिल्लाको विभिन्न तीन वटा सहरहरुमा हुनेछ । विद्यालयहरुमा अध्ययरत विद्यार्थीहरुको प्रतिभा खोजी गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा १ सय विद्यालयहरुबाट ६० हजार जना विद्यार्थीहरुले प्रत्यक्ष रुपमा सहभागि जनाउने कार्यक्रम संयोजक नगेन्दप्रसाद ढकालले जानकारी दिए । ५ वटा छनौट चरण पार गरेपछि उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने फाइनलमा प्रवेश गर्नेछ । प्रतियोगिताको फाइनल आगामी माघ ४ गते विराटनगरमा हुनेछ ।

फाइनलमा १० जना प्रतियोगिहरु छनौट गर्ने सहकारीले जनाएको छ ।

प्रतियोगिताको बिजेताले नगद २५ हजार, फस्ट रनरअपले १५ हजार, सेकेण्ड रनरअपले १० हजार रुपैयाँको साथै आकषर्ण ट्रफी प्राप्त गर्ने बताइएको छ । त्यस्तै प्रतियोगितामा विभिन्न टाइलहरु समेत रहेको छ ।

प्रतियोगितालाई भव्य बनाउने संयोजक तोकियो
प्रतियोगितालाई भव्य र सम्भ रुपमा सम्पन्न गर्नको लागि सहकारीका सचिब नगेन्द्र प्रसाद ढकालको संयोजत्वमा १३ समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा जयन्ती प्रधान, रीना थापा, हिरा थापा, नन्दलाल मण्डल, नुर्व लामा, नेत्र गडतौला, मनोज रेग्मी, इन्द्रनारायण शाह, चण्डी रेग्मी, विकर्ण कार्की, रोशन ठाकुर, मोती ढकाल रहेका छन् ।

अघिल्लो वर्षको विजेता यस्ता छन्
प्रतियोगिताको पहिलो संस्करणको बिजेता अस्तित्व कर्ण, दोस्रो संस्करणको चिराग भट्टराई, तेस्रो संस्करणको दिव्य गिरीले एसबीएससी सिंगीन स्टारको उपाधि जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर