AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

रिजालको जमिन्दारी टिक्दैन-पोखरेल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ कार्तिक २०७४, मंगलवार २०:२९
27
Shares
विराटनगर, २७ कार्तिक/ मोरङ क्षेत्र नम्बर २ को बाम गठन्धनका तर्फका प्रतिनिधिसभाका उम्मेदवार ऋषिकेश पोखरेलले कांग्रेस नेता मिनेन्द्र रिजालको जमिन्दारीलाई पराजित गर्ने बताए ।

रिजाल कांग्रेसका तर्फबाट मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार हुन् । ‘२२ वर्ष अघिको आमोदप्रसाद उपाध्यायको किल्ला तोडियो,’ पोखरेलले भने, ‘अर्का जमिन्दार मिनेन्द्र रिजाल आएर यहाँको जनताको मान मर्दन गर्दैछन्, निर्वाचन पछि त्यो पनि सकिन्छ ।’ पोखरेलले कांग्रेसले जितेको २२ वर्षमा केही गर्न नसकेको बताउँदै आफूले ५ वर्षको अवधिमा थुप्रै काम गरेको फेहरिस्त प्रस्तुत गरे ।

मिनेन्द्र रिजालप्रति संकेत गर्दै पोखरेलले निर्वाचन जित्नका लागि देश लुट्नेहरुले पैसा बाँडिरहेको बताए । ‘देश लुटेर पैसा बाँड्दै गरेको हामीले सुनेका छौं,’ पोखरेलले भने, ‘जनताको काम गर्ने बेला मोज मस्तीमा रम्नेहरु काहाँ थिए ?’

प्रेस चौतारी मोरङ र प्रेस सेन्टर मोरङले आज मोरङको अमरदहमा गरेको पत्रकारसँग उम्मेदवार कार्यक्रममा बोल्दै पोखरेलले आफूले जितेको क्षेत्रमा कार्यकालभरिमा कृषिमा आधुनिकीकरण, व्यवसायीकरण, प्राविधिक विश्वविद्यालय निर्माण, यातायातको समुचित विकास, सुकुमबासीको व्यवस्थापन, रतुवा, बक्राहा, चिसाङ र डाँठ खोला नियन्त्रणका लागि बाँध निर्माणको काम आफ्नो प्राथमिकतामा रहेको बताए ।

यस्तै २ नम्बर क्षेत्र (क)का उम्मेदवार गणेश उप्रेती सुशीलले बेरोजगारी समस्या हल गर्न स्वरोजगार अभियान सञ्चालन गर्ने, प्रत्येक वडामा मल, बिऊ अनुदान, सिंचाईको व्यवस्थापन गर्ने आफ्नो योजना रहेको बताए । यस्तै सुकुमबासीलाई जग्गाको मालिक बनाउन भूमिको सही व्यवस्थापन गर्ने, प्रत्येक वडाका स्वास्थ्यकेन्द्रको निर्माण र सेवा पु¥याउने, मदन भण्डारी र विपीको स्मरणका लागि वृहत संग्रहालयको स्थापना गर्ने बताए ।

कार्यक्रममा २ नम्बर प्रदेश क्षेत्र (ख)का उम्मेदवार लिलाबल्लभ अधिकारीले आफू स्थानीय भएका कारण चुनाव जित्ने बताए । ‘प्रत्येक जनताको सुख दुःखमा मेरो साथ रहने छ,’ अधिकारीले भने, ‘सुकुमबासी, आदिवासी जनजाति, उत्पीडित जनताको सुख, दुःख मलाई थाहा छ, उहाँहरुको समस्या समाधानमा मेरो ध्यान जानेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर