खबर पूर्वाञ्चल
मलेसियाको बायुमास ओभलमा वर्षाले प्रभावित खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ ।
मलेसियाले दिएको ४६ रनको झिनो लक्ष्य नेपालले ५ दशमलब ३ बलमा २ विकेटको गुमाई पार भट्टायो । नेपालको जितमा ओपनर अनिलकुमार साहले १५ बलमा ३ छक्का र १ चौका प्रहार गदैृ अविजित २६ रन जोडे । त्यस्तै भीम सार्की ३ रन अविजित रहे ।
कप्तान दीपेन्द्रसिंह ऐरी ३ बलमा २ छक्का प्रहार गर्दै १२ रन जोडेर आउट भए । अर्का ओपनर आसिफ शेख ४ रनमा आउट भएका थिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टिम मलेसिया सनदीप लामिछानेको घाटक बलिङ सामु निरिह बन्दै १५ दशमलब ३ बलमा ४५ रनमा सिमित भयो ।
नेपालका सन्दीप लामिछानेको ५ विकेट लिए । सन्दिपले ४दहमलव ३ बलमा ८ रन मात्रै दिए । साहब अलाम र कप्तान ऐरीले २–२ विकेट हात पारे । अनिलकुमार साहले १ विकेट लिए । खेलवर्षाले प्रभावित भएपछि २४ ओभरमा घटाइएको थियो ।
सुरुवाती ५ ओभरमा मलेसियाले राम्रो ब्याटिङ गरे पनि नेपालले छैटौं ओभरमा पहिलो सफलता हात पार्यो । अनिलकुमार साहले छैटौं ओभरमा मलेसियाका कप्तान विरनदीप जगजित सिंहलाई १० रनमा आउट गरेपछी मलेसियाको पतन शुरु भएको हो ।
सातौं, ओभरमा कप्तान ऐरीले २ विकेट लिए । ऐरीले २० रन बनाएर खेलिरहेका सइद मुबारकालाई किशोर महतोबाट क्याच गराए भने सौभिन्दर सिंहलाई शून्य रनमा आउट गरे । आठौं ओभरमा सन्दीपले मोहम्मद हफिजलाई एलबिडब्लुको धरापमा पारे । त्यसपछि साहब अलामले लगातार २ विकेट लिएका थिए भने एक विकेट सन्दीपले हात पारे ।
मलेसियाका लागि ओपनरद्वय सइदले २० र विरनदीपले १० रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
समूह ’ए’कै अर्को खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ । खेलको नजितापछि नेपालको सेमिफाइनल यात्रा तय हुनेछ । बंगलादेश विजयी भए नेपाल सिधै सेमिफाइनल पुग्नेछ । भारत विजयी भएमा रनरेटका आधरमा सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्नेछ । यसअघि समूहको पहिलो खेलमा बंगलादेशलाई अन्तिम बलमा २ विकेटले खेल सुम्पेको नेपालले दोस्रो खेलमा भारतबिरुद्ध ऐतिहासिक १९ रनको जित निकालेको थियो ।