खबर पूर्वाञ्चल
इन्टरनेशनल मूभि प्रा.लि. मुम्बइको व्यानरमा निमार्ण हुन लागेको भारतीय भोजपुरी चलचित्रको निर्देशन रायमाझीले गर्ने भएका हुन् ।
तीन दर्जन बढी भाषाभाषिको चलचित्रको निर्देशन गरी सकेका रायमाझीले अब भारतीय भोजपुरी चलचित्रमा हात लाग्न लागेका हुन् ।
निर्देशक रायमाझीले भने, ‘स्वदेशी चलचित्रको निर्देशन थुप्रै गरे । अब नयाँ अनुभवको लिनको लागि भोजपुरी चलचित्रमा हात हाल्न लागेको छुँ । ’ उनी भन्छन्, ‘दर्शकहरुले भाषाभाषिको चलचित्रमा निर्देशन गरेजस्तो मैले निर्देशन गरेको भोजपुरी चलचित्र पनि रुचाइदिनेछन् ।’
रायमाझीले निर्देशन गर्ने भोजपुरी चलचित्रमा स्थापित रुपमा भोजपुरी चलचित्रमा अभियन गर्ने कलाकारसँग काम गर्नेछन् । उक्त चलचित्रको नेपाल र भारतको विभिन्न पर्यटकीय स्थलमा छायाकन हुने बताइएको छ । हाल थारु भाषाको चलचित्र ‘छल्की’ र हिन्दी चलचित्र ‘मै वैराग’ को छाँयाकनमा रायमाझी लागि परेका छन् ।
तपाईको प्रतिक्रिया