animated ellipse animated ellipse

लालबाबु पण्डित भन्छन् ‘टंकीलाई विराटनगरमा गाभ्न नदिने शेखर कोइराला नै हुन’

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ कार्तिक २०७४, सोमबार २०:५१
3
Shares
फाइल तस्वीर
लालबाबु पण्डित  पछिल्लो समयका चर्चित नेताको लिष्ट भित्र पर्छन । २०७१ साल अघि उनी सामान्य नेताका रुपमा परिचित थिए । सामान्य प्रशासन मन्त्री भएपछि पण्डित लोकप्रियता र चर्चा एक्कासी बढ्यो । सधै साइकलमा घुम्ने साधा जीवन उच्च विचारको पहिचान बनाएका पण्डित पदमा रहुन्जेल चर्चामै रहे । पद बाहिर हुँदा पनि उत्तिकै चर्चामा छन् । सामान्य जीवन यापनमा रमाउने उनलाई सालिन नेताका रुपमा परिचित छन् ।

सर्लाहीको धनघडा भन्ने स्थानमा २०१५ साल मंसिर १९ गते जन्मेका उनी २०३५ सालमा तत्कालिन मालेमा आवद्ध भएदेखि अहिले सम्म पनि अनवरत रुपमा पार्टीमा सकृय छन् । २०४० साल देखि मोरङमा वसेर राजनीति गर्दै आएका छन् । मंसिर २१ गते दोश्रो चरणमा हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नं ६ बाट प्रतिष्पर्धा गर्दै छन् । निर्वाचनको परिवेसमा रहेर नेता पण्डित गरिएकोकुराकानीको सम्पादित अंश ।

चुनावका मुख्य एजेण्डा के छन् ?
विराटनगर अहिले नाम मात्रैको महानगरपालिका भएको छ । भनौ यो कागतमा मात्रै सिमित छ । यसलाई साच्चैको महानगर बनाउने छु । विराटनगरलाई प्रदेश नं. १ को राजधानी बनाउन दृढ संकल्पित रहने छु । विराटनगरमा बाईपास रोड बनाएर ठुला सवारीका साधन मुख्य सडक भन्दा बाहिरबाट सञ्चालनको व्यवस्था मिलाउने छु । विकास निर्माणको गति यहाँ सुस्त छ । नयाँ जनप्रतिनिधि आएपछि केही गर्नुहोला भनेको त्यो पनि हुन सकेको छैन । उहाँहरुकै ओइलाएर बस्नु भएको छ । विकास निर्माणलाई गति दिने छु । विराटनगरलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउने छु । क्षेत्र नंवर ६ मा रहेको अव्यवस्थित वसोवासलाई व्यववस्थित बनाउने छु । फन पार्क, कृषिमा यान्त्रीकरण, धार्मीक सद्भावको विकास लगायतको काम गर्नेछु ।

साविक टंकीसिनवारीलाई विराटनगर महानगरमा मिसाउन तपाईले पनि खासै भूमिका खेल्नु भएन भनिन्छ नी ?
विराटनगर महानगरपालिकामा साविकको टंकीसिनवारी एक दिन गाभिएर फेरि वुढीगंगा गाउँपालिकामै सिमित भएकोमा मलाई दुःख लागेको छ । मैले टंकीसिनवारीलाई विराटनगर महानगरपालिकामै गाभ्नु पर्छ भनेर ५ वटा जति टोलमा गएर झण्डै १५ हजार हस्ताक्षर संकलन गरेर काठमाण्डौं पनि लिएर गए । तर राज्य पुर्नसंरचना आयोगले निवर्तमान सांसद शेखर कोइरालालाई मनाएर आउनुस् नत्र हामी वुढीगंगा विराटनगरमा मिसाउन सक्दैनौं भन्यो । मैले स्वयंम शेखर कोइरालालाई भने तर उनले त्यसलाई स्वीकार गर्न सकेनन् । त्यसैले गर्दा आज एक दिन विराटनगर महानगरपालिका भएको टंकीसिनवारी गाउँपालिकामा सिमित भएको छ । शेखरकै कारण महानगर हुन नसकेको हो । उनले न विराटनगरलाई महानगर बनाउनु पर्छ भनेर पहलकदमी लिए नत प्रदेशको राजधानीका लागि अग्रसर छन् । उनीबाट यहाँका जनतालाई केही फाईदा छैन । उनी चुनावका वेला मत माग्छ आउँछन् । उनी विकासको बाधक नै हुन भन्दा पनि हुन्छ । चुनाव पछि यहाँका जनतालाई उनले विर्सन्छन् । म त्यस्तो नेता हैन । मैले यहाँको विकास र समृद्धि चाहेको छु ।

तपाई उम्मेदवार भएको क्षेत्र काँग्रेसको गढ मानिन्छ, त्यस माथि लोकतान्त्रिक फोरम पनि सामेल भएको छ ? गा¥हो होला हैन ?
कुनै पनि स्थान कसैको भन्ने हुँदैन । कुनै स्थानमा एक छिनमा सर्प देखिन्छ । फेरि त्यहाँ खोज्न गयो भने हुँदैन । निर्वाचन क्षेत्र पनि त्यस्तो हो । कसैको पेवा हुँदैन । म जनताको विचमा झुट बोल्न जानेको छैन । झुट बोल्दा पनि बोल्दिन । मलाई यो क्षेत्रका जनताले विशेष मायाँ गर्नु हुने छ । मैले विश्वासको मत पाउने छु । त्यसै मतले म विजयी हुने छु । करिव साढे ४ हजार मतले म यहाँबाट विजयी हुने छु । मैले अहिले सपना पनि जितेकै र विपना पनि जितेकै देखिरहेको छु ।

निर्वाचनमा कत्ति खर्च गर्दै हुनुुहुन्छ ? र, यसको व्यवस्थापन कसरी गर्नु भएको छ ।
मैले हाल सम्म तीन वटा निर्वाचनमा प्रतिष्पर्धा गरे । २०४८, २०५१ र २०५६ । तीन वटै निर्वाचनमा गरि मेरो ४ लाख २८ हजार खर्च भयो । २०४८ मा मैले ३० हजार खर्च गरे , २०५१ मा ४८ हजार र २०५६ मा ३ लाख ५० हजार खर्च गरे । यो चुनावमा खर्च गर्ने मसँग पैशा छैन । केही पार्टीले गरिदिने छ भने बाँकी खर्च मलेसियामा रहेका नेपालीले प्रतिव्यक्ति १ सय रुपैयाँ संकलन गरि रहेको मैले खवर पाएको छु ।
उहाँहरुले संकलन गरेर पठाउँदै छौं भन्नु भएको छ । संकलन गरेर जति पठाउनु हुन्छ , त्यहीबाट खर्च हुन्छ । जुन पारदर्शी रुपमा देखिने र त्यो म सार्वजनिक पनि गर्ने छु । पैशाले मत किन्ने हैन मतदाताको मनमा पस्न सक्नु पर्छ ।

लालबाबुलाई मधेश विरोधी भन्छन नी ?
म मधेश विरोधी हैन । म हिमाल, पहाड र तराईलाई जोड्ने व्यक्ति हुँ । म नेपालको नागरिक र मधेशको पुत्र हुँ । मधेशलाई समृद्ध बनाउन म प्रतिवद्ध छु । मधेशी जनता मेरो साथमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 comment

  1. हामीलाई माहानगरपालीका हाेइन नगरपालिका चाहियो । टकिसिनवारी काे अाफनाे पहिचान छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

तपाईको प्रतिक्रिया

*

फोटो फिचर