animated ellipse animated ellipse

गिरिजाप्रसादको उत्तराधिकारी मिनेन्द्र-सुजाता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ कार्तिक २०७४, सोमबार २०:१५
3
Shares
 

रंगेली, २७ कार्तिक / नेपालीकाँग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाताकोइरालाले आफ्ना बुबा गिरिजाप्रसाद कोइरालाको सपना साकार गर्न मोरङ क्षेत्र नं.२ मा काँग्रेसको जित आवश्यक रहेको बताएकी छिन् ।

काँग्रेसको क्षेत्रीय समितिको आयोजनामा आज मोरङको सुनवर्षी नगरपालिकाको वीपी सेवाकेन्द्र डायनियामा पार्टीका क्रियाशील सदस्यहरुलाई सम्बोधन गर्दै कोइरालाले भनिन्,‘यो क्षेत्रमा गिरिजाबाबुको योगदान रहेको छ त्यसैले यसलाई कम्युनिष्टको हातमा जान दिनुहुन्न ।’

नेतृ कोइरालाले बाबुले यस क्षेत्रको विकासकालागि धेरै काम गरेको र त्यसलाई पूरा गर्ने जिम्मेवारी पनि काँग्रेसकै काँधमा रहेको बताइन । उनले विकासका सबै कामको काँध उठाउने जिम्मेवारी पार्टीले प्रतिनिधि सभाका उमेदवार मिनेन्द्र रिजाललाई दिएको पनिबताइन ।

रिजाल गिरिजाप्रसाद कोइरालासँग नजिक रहेको काम गरेको व्यक्ति भएकोले सहयोग गर्न पनि आग्रह गरिन ।

कार्यक्रममा नेपाली काँगे्रसका केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र नं.२ का प्रतिनिधि सभा उमेदवार डा. मिलेन्द्र रिजालले संविधान निमार्ण पछि स्थानीय तहको निर्वाचनले मजबुुत जग निर्माण भएकाले मुलुक समृद्धको चरणमा प्रवेश गरेको बताए । उनले भने,‘केपी शर्मा ओली अगाडि लम्पसार पररे प्रचण्डले गिरिजाबाबुको सपना साकार पार्छु भनेर बोल्दै हिड्ने अधिकार छैन ।’

आफू गिरिजाबाबुको उत्तधिकारी भएर यो क्षेत्रमा आएकाले ती सपना साकार बनाउन सबै एकजुट भएर लगाउनु पर्ने बताए । सो अवसरमा नेपाली कागे्रसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, प्रदेश सभा मोरङ क्षेत्र नं.२ (क)उमेदवार शिवनारायण सिह, (ख)उमेदवार सुमन कुवँर लगायतले बोलेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर