RUMPUM
animated ellipse animated ellipse

यूवा परिचालन कमिटि गठन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ कार्तिक २०७४, सोमबार २०:०७
3
Shares
पथरी, २७ कात्तिक /प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई मोरङ ३ मा बहुमतका साथ विजयी गराउन संयुक्त यूवा परिचालन कमिटि गठन भएको छ ।

पथरीशनिश्चरे–१ स्थित सिरिजंघा स्मृति धार्मिक वन परिसरमा आज वाइसीएल नेपाल र युवा संघको संयुक्त आयोजनामा १, २ र १० नम्बर वडाको युवा भेलाबाट सो कमिटी गठन भएको हो ।
मंसिर २१ मा हुने निर्वाचनमा बाम गठबन्धनका तर्फबाट मोरङ ३ मा प्रतिनिधिसभातर्फ एमालेका केन्द्रीय प्रभावशाली नेता भानुभक्त ढकाल, प्रदेश ‘क’ तर्फबाट माओवादीकी यूवा नेत्री गीता तिम्सिनालगायतले बाम गठबन्धनलाई कार्यकर्ता र मतदातातहसम्म प्रतिवद्ध गठबन्धन बनाएर बहुमतले विजय हाँसिल गर्न सकिने बताए । विजयका लागि युवा परिचालन व्यवस्थित र प्रभावकारी बनाउने कुरामा जोड दिइएको थियो ।

उनीहरुले वाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउन युवा सक्रियताको आवश्यकता औंल्याए । युवा भेलाले पथरीशनिश्चरे–१ बाट मधुकर राई संयोजक, कृष्ण राई सह–संयोजक रहेको वडा कमिटि गठन भएको छ ।

यसैगरी, वडा नं. २ बाट सुनिल लुइटेल संयोजक, विक्की राई सह–संयोजक र वडा नं. ३ बाट श्याम मगर संयोजक, संजय राई सह–संयोजक रहने गरी १०१ सदस्यीय युवा परिचालन कमिटी गठन भएको हो ।

निर्वाचनमा बाम गठबन्धनका तर्फबाट मोरङ ३ मा प्रतिनिधिसभातर्फ एमालेका केन्द्रीय प्रभावशाली नेता भानुभक्त ढकाल, प्रदेश ‘क’ तर्फबाट माओवादीकी यूवा नेत्री गीता तिम्सिना र ‘ख’ तर्फबाट एमालेका यूवा नेता राजकुमार ओझा उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर