animated ellipse animated ellipse

केरावारीमा कांग्रेसको चुनावी सभा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ कार्तिक २०७४, सोमबार १७:४६
3
Shares
केराबारी, २७ कार्तिक /मोरङ क्षेत्र नम्बर १ का नेपाली काँग्रेसका उमेद्वार डिगबहादुर लिम्बूले आज एकै दिन समथर उर्लाबारीदेखि चुरेपहाडको याङ्शिलासम्मको कार्यक्रम भ्याएका छन् ।

चुनावी कार्यक्रममा सहभागी लिम्बूले काँग्रेसले समग्र देश विकासको एजेन्डा बोकेर अघि बढेको बताउँदै काँग्रेस जनताको निर्देशनबाट चल्ने पार्टी भएको बताउँदै भने,‘मानवअधकिार, प्रेस स्वतन्त्रता र समृद्ध जनता काँग्रेसको मूलमन्त्र हो ।’ उनले लोकतान्त्रिक विधिबाटै आफ्नो पार्टी देशको आर्थिक उन्नतितर्फ अघि बढ्ने बताए ।

बिहान उर्लाबारीमा कार्यकर्ता भेटघाट गरेर लेटाङमा पुगेका लिम्बू त्यहाँ पनि निकै व्यस्त रहे । कार्यकर्ताले दिएको सुझाव लिए । चुनावी रणनीति बनाए र भेटघाट गरे । अपरान्ह केरावारी गाउँपालिकाकामा विभिन्न चार फरक स्थानका कार्यक्रममा सहभागी भएका लिम्बूले ठाउँमा कार्यक्रम भयो । याङ्शिलामा पनि चुनावी कार्यक्रम भएको छ ।

महिला संविधानत अधिकार सम्पन्न छन । उनीहरु पछि पर्नु हुन्न । अधिकार पत्ता लगाउनु पर्छ । आदिवासी जनजातिले प्राप्त गरिसकेकोले आफू पनि सक्षम बन्न आह्वान । दलित भनेर बस्नु हुन्न सबै समान छन । युवा देश हाँक्न अघि बढ्नुपर्छ । ५ लाख यूवालाई वार्षिक रुपमा रोजगारीको व्यवस्था गराउने लिम्बुले बताए ।

प्रदेश सभा ख का इश्वरी कोइराला , प्रतिनिधि समानुपातिका दिलिप सापकोट केराबारी गापाका प्रमुख रोहित कार्की, केरावारी कांग्रेुका सभापति प्रकाश बस्नेतको बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर