AArya
RUMPUM
animated ellipse animated ellipse

बिदेशी बिजनेस डिग्री बिराटनगरमा नै पाउदा बिद्यार्थी हर्षित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ कार्तिक २०७४, आईतवार १८:५७
3
Shares
विराटनगर, २६ कार्तिक / बेलायतको १८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा संचालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजमा आज चौथो ब्याचका एक सय बढी बिद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

बिराटनगर भृकुटी चोकमा अवस्थित कलेजमा आज आयोजित कार्यक्रममा नयाँ भर्ना भएका बिद्यार्थीहरुका लागि कलेजमा बिद्यार्थीहरुले पढ्ने कोर्स र कलेजका बारेमा जानकारी गराइएको थियो । कलेजका एकेडेमिक प्रमुख श्रेयस नाम्बियरले बिद्यार्थीहरुलाई कोर्स र कलेजका बारेमा जानकारी गराएका कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर बिबेक दाहालले जानकारी दिए ।

अन्तरास्ट्रिय डिग्री बिराटनगरमा नै पाएपछि आफ्नो भारत जाने योजना छाडेर यस कलेजमा भर्ना भएको बिद्यार्थी रोनक अग्रवालले बताए । उनी जस्तै धेरै बिद्यार्थी अन्तरास्ट्रियस्तरको पढाइका लागि विदेश जाने योजना छाडेर मेरिल्याण्ड आएको पनि आग्रवालले सुनाए ।

कलेजमा हाल भारतको बिहार , सिलगुडी साथै नेपालका जनकपुर , सिरहा , सप्तरी , धनकुटा , धरान , इटहरी , झापालगायतका स्थानबाट बिद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको बिजनेस डिग्री सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा इस्लिंग्तन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं । मेरिल्याण्ड कलेज बिराटनगर , इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर