AArya
RUMPUM
animated ellipse animated ellipse

‘स्वतन्त्र र निष्पक्ष पर्यवेक्षण गर’

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ कार्तिक २०७४, आईतवार १८:५०
3
Shares
विराटनगर, २६ कात्तिक / निर्वाचनका क्रममा गरिने पर्यवेक्षण स्वतन्त्र र निश्पक्ष हुनुपर्ने मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताएका छन् ।

आज निर्वाचन पर्यवेक्षण समिति नेपाल(इओसी) ले पर्यवेक्षकहरुका लागि आयोजना गरेको एक दिने तालिमको उद्घाटन गर्दै खतिवडाले स्वतन्त्र र निश्पक्षता नै पर्यवेक्षकहरुको मुख्य गुण हुनुपर्ने बताए । ‘पर्यवेक्षणबाट निर्वाचनको अनुहार जस्ताको तस्तै देखियोस् ।’ खतिवडाले भने– मतदानको दिनमात्रै पर्यवेक्षण गरिने चलन पनि सुधार्दै लानुपर्छ ।

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद संजेलले निर्वाचनको शुद्धता पर्यवेक्षकहरुको भूमिकाबाट थाहा हुने भएकोले स्वतन्त्रपूर्वक पर्यवेक्षण गरिदिन आग्रह गरे । उनले कसैपटि नलागिकन निर्वाचनको यथार्थ कुरामात्रै पर्यवेक्षक हुनुपर्ने बताए । नेपाल बार एशोसिएशन मोरङका अध्यक्ष ज्ञानेन्द्र थापा र बरिष्ठ पत्रकार शिव बहादुर कार्कीले निर्वाचन खर्चिलो हु“दै गएकोले आचारसंहिताको पालनामा जोड दिए ।

इओसी नेपालका अध्यक्ष प्रदिप पोखरेलले विगतका निर्वाचनमा निर्वाचन खर्चको अवस्था पत्याउनै नसकिने गरी बढेको पाइएको जानकारी दिए । उनले देशभर भएका मतका लागि मात्रै ९ अर्ब रुपैंया खर्च भएको र निर्वाचनको प्रक्रिया शुरु भएदेखि अन्त्य हु“दासम्म प्रति मतदाता ५ हजार रुपैंयासम्म खर्च भएको पाइएको बताए ।

तालिममा प्रदेश नम्बर १ का १२ जिल्ला र प्रदेश २ को सप्तरीसहित १३ जिल्लाबाट आएका पर्यवेक्षकहरु सहभागी छन् । उनीहरुलाई पर्यवेक्षणसम्बन्धि सैद्धान्तिक र व्यवहारिक जानकारी दिई आगामी मंसिर १० र २१ गते हुने निर्वाचनमा परिचालन गरिने इओसीका व्यवस्थापक उज्वल अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर