खबर पूर्वाञ्चल
प्रदर्शनीमा कक्षा ६ देखि कक्षा ९ सम्मका स्वत स्फुर्त क्रियासिल विद्यार्थीहरुद्वारा फलफूल तथा तरकारी जन्य वस्तुहरु बाट निर्मीतApple monster, pineapple peacock, Banana starfish, Egg monster, Orange flower, Apple tortoise, Cucumber flower-vase जस्ता सयौं सामाग्रीहरु तथा कक्षा ७ का विद्यार्थी सार्थक गौतम र उनका सहयोगीहरुले तयार पारिएको”Led Blinking Using Timing IC 555″ / “Laser Based Security System” को नमुना समेत विद्यालयको प्रङ्गणमा तयार पारिएको स्टलमा राखिएको थियो ।
स्कूलका प्रिन्सिपल मणीराज भट्टराईले यस्तो प्रकारको प्रदर्शनी पूर्वाञ्चलमै पहिलो पटक भएको जनाउदै प्रर्दशनीलाई सफल पार्न स्कूलका शिक्षकहरु विनोद चौधरी, सबिता बराल, मन्जु श्रेष्ठ तथा पंकज जैनले सहयोग गरेका थिए । सहभागि सम्पुर्ण विद्यार्थीलाई मुल्याङ्कनका आधारमा सम्बन्धित विषयमा प्रयोगात्मक अंक प्रदान गरिनेछ ।
तपाईको प्रतिक्रिया