AArya
RUMPUM
animated ellipse animated ellipse

बक्राह नदि नियन्त्रणका लागि पाँच अर्ब बढीको योजना ल्याउँछु – नेता पोखरेल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ कार्तिक २०७४, बुधबार १८:०४
3
Shares
विराटनगर, २२ कार्तिक । संयुक्त बाम गठबन्धनबाट मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार ऋषिकेश पोखरेलले बक्राह नदी नियन्त्रणका लागि करीब पाँच अर्ब बजेटको परियोजना ल्याउने बताएका छन् ।

मोरङको पथरी–शनिश्चरे–५ स्थित हसन्दहमा आयोजित संयुक्त बाम गठबन्धनको वडा भेलालाई सम्बोधन गर्दै पोखरेलले बक्राह खोलामा आउने बाढीले वर्षेनि धनजनको ठुलो क्षति हुर्दै आएकाले आफु निर्वाचीत भएपछि सो नदिमा तटवन्धन गरि नियन्त्रणका लागि ५ अर्ब बढी बजेटको परियाजना ल्याउने बताएका हुन् ।

उनले बक्राह खोलाले सो क्षेत्रका हसन्दह, अमरदह, गोविन्दपुर, झुर्किया, बरडंगालगायतका स्थानमा वर्षेनि आउने बाढीले हजारौँ खेतियोग्य जमिन र मानविय क्षति हुदै आएकाले यस्तो परियोजना आवश्यक रहेकाले उक्त परियोजना आफ्नो प्रमुख प्रथामिकतामा रहेको बताए ।

नेकपा एमाले मोरङका सचिव तथा पूर्व सांसद समेत रहेका पोखरेलले स्वास्थ्य सेवाको पहुँचबाट हसन्दह बञ्चीत हुदै आएकाले सो वडामा रहेको स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न अस्पतालका रुपमा परिणत गर्ने आफ्नो योजना रहेको बताए ।

नेता पोखरेलले हसन्दहमा प्राविधिक शिक्षालयको आवश्यकता रहेको बताउँदै त्यसका लागि आवश्यक पहल गरि तत्काल प्रकृया अगाडि बढाउने बताए । उनले उत्पादन र कृषिको विकासका लागि संरक्षण केन्द्र स्थाापना गर्ने, उक्त क्षेत्रमा कृषि उत्पादन बढाउन सिचाइका लागि नहर व्यवस्थापन गर्ने र उच्च शिक्षा हासिल गरेका युवाहरुलाइ शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने व्यवस्था मिलाउने समेत बताए ।

भेलामा हजारौँ कार्यकर्ता तथा सुभेच्छुक शुभचिन्तकहरुको उपस्थीति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर