खबर पूर्वाञ्चल
विराटनगरमा आज प्रेस चौतारी मोरङ र प्रेस सेनटर मोरङले सम्यूक्त आयोजना गरे पत्रकारसँग उम्मेदवार कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
। क्षेत्र नंवर ६ का प्रतिनिधि सभा उम्मेदवार समेत रहका पण्डितले विराटनगरलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउने साथै क्षेत्र नंवर ६ मा रहेको अव्यवस्थित वसोवासलाई व्यववस्थित बनाउने उनको भनाई छ ।
साविक टंकीसिनवारीलाई विराटनगर महानगरमा मिसाउन निवर्तमान सांसद शेखर कोईरालाले नदिएको उनको आरोप छ ।
आफुले सहज रुपमा प्रतिस्र्धीलाई पराजित गरेर चुनाव जित्ने दाबी गर्दै पण्डितले समाजिक सदभाव र संबिधानको संबृद्धिकालागि कुनै कसर बाँकी नराख्ने बताए । उनले जीर्ण बिराटनगर महानगरको तीब्र स्तरोन्नी गर्ने , बहृत्तर बिराटनगर सहितको प्रदेशिक राजधानी बनाउने , बाइपास रोड निर्माण गर्ने र बिराटनगरलाई शिक्षा र स्वास्थ्यको हब बनाउने एजेण्डा सुनाए । उनले बिराटनगरमै मुटु र क्याम्सको अस्पताल खोल्न आफुले केन्द्रमा पहल गर्ने बताउँदै , पूर्व र पश्चिममा दिगो तटबन्ध निर्माण गर्ने यूवा र महिला शसक्त्तिकरण गरेर सबै खाले बिभेदलाई अन्त गर्ने दाबी समेत गरे ।
उम्मेदबार पण्डितले आफु सदाचारी भएकोले कुनै बिशेष जातजातीको नभै सबैको भएकोले जनताले बिशेष माया गरेर आफुलाई विकास र अधिकारकालागि विजयी गराउने र आफुले सार्बजनिक गरको चुनावी एजेण्डा पुरा गरेरै छाडने प्रतिबद्धता व्यक्त्त गरे । पूर्व समान्य प्रशासनमन्त्री समेत रहिसकेका उम्मेदबार पण्डितले बर्षौ पहिले स्वर्गीय गिरिजाप्रसादले सिलान्यास गरेर अधुरो छाडेको भ्यू टावर निर्माण कार्य पुरा गर्ने पनि जानकारी गराए ।
बाम गठबन्धनबाट मोरग ६ नम्बर क्षेत्रका प्रदेश सभा ख का उम्मेदबार रमेश पोखरेलले सहकारीको बिकास गरि गरिबी निवारण गर्ने , यूवा र महिला शसक्त्तिकरणमा जोड दिने र बिराटनगरलाई प्रबिधियुक्त्त शहरका रुपमा बिकास गदै राजनैतिक पर्यटकिय शहर बनाउन पूर्वाधार तैयार गर्ने प्रतिबद्धता गरे । राष्ट्रिय सहकारी बैकका अध्यक्ष रहिसकेका पोखरेल बिराटनगर स्थित मोरंग क्याम्पसका प्राध्यापक थिए । राजिनामा दिएर उम्मेदवार बनेका पोखरेलले राजनीतिमा एकेडेमेकि व्यक्त्तिको आवश्यकता देखेर पहिलो पल्ट उम्मेदबार बनेको बताउँदै आफु पूर्ण रुपमा विकासबादी हुने दाबी गरे ।
६ नम्बर क्षेत्र क का उम्मेदबार जीवन आर्चायले सुन्दर हरैचामा रहेको हसिना सिमसारको स्तारोन्नती गर्ने , बिराटनगर बिमानस्थलको स्तरोन्नती गर्ने , जोगबनी किमांथाङका नाका संञ्चालनमा सहभागी गराउने , कृषी कलेज खोल्ने र सबै गाउँपालिकामा अस्पताल निर्माण गराउन पहल गर्ने प्रतिबद्धता गरे ।
आइटीका बिज्ञ रहेका उम्मेदवार आर्चायले यूवाहरुमा शीपको विकास गर्ने र शुसासनकालागि इमानी भएर लागिपर्ने प्रतिबद्धता गरे ।