खबर पूर्वाञ्चल
विभिन्न राजनीतिक दलका नेताहरुले मोरङको राजनीतिमा अनावश्यक हस्तक्षेप गरेको भन्दै यस क्याम्पको विरोध गर्दै आएका छन् । तर भारतीय दूतावासका डेपुटी चिफ मिसन डा. अजयकुमार र प्रथम सचिव मिथिला झालार्ई स्वागत गर्दै मोरङका २ उद्योग संगठन मोरङ अफिसलाई महावाणिज्य दूतावासको कार्यालय बनाउन माग गरेका हुन् ।
केही समय अघि विराटनगर आएका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्याम्प अफिस विराटनगरमा रहिरहनु दुर्भाग्यपूर्ण भएको बताएका थिए । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री भएका बेला हटाउन पत्रचार गरेको बताउदै उनले अझै नहटाउनु दुर्भाग्यपूर्ण भएको बताए ।
तर पूर्व संसद समेत रहेका मोरङ ब्यापार संघका अध्यक्ष पवनकुमार शारडाले क्याम्प अफिुसलाई महाबाणिज्य दुतावास बनाउनु पर्ने माग गरेका हुन् ।
व्यवसायीका जिज्ञासाको उत्तरमा दुतावासकका टेपुटी मिसन चिफ डा. अजयकुमारले विशाखापट्टनमा नेपालले महावाणिज्य दूतावास खोलेपछि भारतले पनि विराटनगरमा स्थापना जानकारी दिएका छन् । घुमाउरो सैलीमा राजनीतिक पक्ष वाधक बनेको बताउँदै उनले नेपाल सरकारले अनुमति दिनुपर्ने र अनुमतिका लागि दबाब दिन उद्योगीहरुलाई गरेका थिए ।
२०६५ सालमा आएको कोशीको बाढिपछि बाढीपछि पूर्वाञ्चलबाट पश्चिम नेपालतर्फ पुग्ने यात्रु तथा मालवाहक सवारी भारतीय मार्ग हुँदै लैजान भारतीय पक्षको सिफारिसमा अस्थायी रुपमा विराटनगरमा क्याम्प अफिस खोलिएको थियो । कोशीको बाढीले भत्काएको राजमार्गको मरम्मत भएर यातायात सहज भएको १० वर्षपछि पनि क्याम्प अफिस नेपाल सरकारको निर्देशन विपरीत अझै सञ्चालनमा छ ।