animated ellipse animated ellipse

आचारसंहिता उल्लंघन गर्दै नोबेलका सञ्चालक शर्मा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ कार्तिक २०७४, आईतवार १९:४०
3
Shares
विराटनगर, १९ कार्तिक/ मोरङको निर्वाचन क्षेत्र नं. ३ मा नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका विवादास्पद छविका सुनिल शर्माले आचारसंहिता उल्लंघन गर्दै चुनाबी अभियान चलाइरहेका छन् ।

विराटनगर स्थित नोबेल मेडिकल कलेजका सञ्चालक शर्माले उम्मेदवारी दर्ता गर्नुभन्दा एक महिना अगाडिदेखि नै आचारसंहिता विपरितका गतिबिधि निर्वाचन क्षेत्रमा गरिरहेका हुन् ।
निर्वाचनको समयमा मतदातालाई प्रभावित पार्ने कुनैपनि गतिबिधि गर्न नपाइने भएपनि शर्माले क्षेत्रभरीका सबै मतदाताको निःशुल्क स्वास्थ्य विमा गर्ने प्रचार गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर चुनाब प्रचार गरिरहेका छन् ।

गुण्डागर्दीको आडमा नोबेलको स्वामित्व हत्याएको आरोप छ । काँग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइरालासँग नजिक मानिएका उनी कोइरालाकै जोडबलमा काँग्रेसका नेताहरुलाई मोटो रकम बुझाएर टिकट हत्याउन सफल भएका हुन् ।

स्वास्थ्य शिविरको नाममा आचारसंहितमा विपरित चुनाबी प्रचारमा सक्रिय शर्माले आफ्नो एकल स्वामित्वको नोबेलबाट ‘राजिनामा’ दिएको प्रचार गरिरहेका छन् ।

शर्माले निर्वाचन आचारसंहिमता विपरित गतिबिधि गरेको भन्दै क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा उजुरी परेपछि उनले नोबेलबाट राजिनामा दिएको बताएका हुन् ।

शर्माको विरुद्ध कानेपोखरी गाउँपालिकाको ५ नम्बर वडाका वडाअध्यक्ष चरण गुरुङले निर्वाचन कार्यालयमा उजुरी दिएका छन् । क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरका निर्वाचन अधिकारी प्रेमप्रसाद सञ्जेलले शर्माको विरुद्धमा उजुरी आएको बताउँदै उजुरीको बारेमा आचरसंहिता विपरित आएको उजुरी निर्वाचन आयोगमा पठाएको जानकारी दिए । त्यसबारे नोबेल अस्पतालसँग पनि स्पष्टिकरण सोधेको उनको भनाइ छ ।

बाम गठबन्धनको बलियो पकड रहेको क्षेत्र भएकोले शर्माले मोटो रकम खर्च गर्ने भएपछि उम्मेदवारी दिएको काँग्रेस नेताहरु बताउँछन् । शर्माले कार्यकर्ताहरुले चुनाबमा १५ करोडसम्म खर्च गर्ने योजना रहेको बताउने गरेका छन् । ‘मोटो रकम खर्च गर्दैछन्, सुकुम्बासीहरुले एक महिनासम्म मासुभात खान पाउने भए, विरामीले उपचार पाउने भए । राम्रै छ नि’ शर्माको उम्मेदवारी दर्ताको क्रममा विराटनगर आएका एक काँग्रेस कार्यकर्ताले बताए ।

पार्टी र संगठनमा कुनै भूमिका नभएपनि पैसाकै आडमा उम्मेदवार बनेकोमा काँग्रेसका इमान्दार कार्यकर्ताहरु रुष्ट छन् । तर, सबै नेताहरुलाई पैसा टक्र्याएर खुसी पारेकोले आपूmहरुको कुरा कसैले सुनुवाई नगरेको उनीहरुको भनाइ छ । शर्मा उम्मेदवार बन्नको लागि ५ करोड बढि काँग्रेस नेताहरुलाई ‘चुनाब खर्च’ दिएको दावी काँग्रेसकै कार्यकर्ताहरुले गरिरहेका छन् ।

गुण्डागर्दीको बलमा नोबेल मेडिकल कलेज एकलौटी बनाएको भन्दै विवादमा पर्ने गरेका छन शर्मा । उनले नोबेलका संस्थापक डा.ज्ञानेन्द्र गिरीलगायतको अपहरण गरी धाकधम्कीको बलमा कलेज हत्याएको स्रोत बताउछ ।

काँग्रेस नेता डा.शेखर कोइरालासँग निटक सम्बन्ध रहेका शर्माले एमाले र माओवादीका नेताहरुलाई पनि रिझाएर राखेकोले चुनाब जित्ने दावी गर्दै आएका छन् ।
गत स्थानीय तहको मतका आधारमा बाम गठबन्धन दोब्बर मतले अगाडि रहेपनि बागी उम्मेदवार खडा भएकोले ढकाललाई चुनौति थपिएको छ ।

यद्यपी स्थानीय तहको निर्वाचनमा बाम गठबन्धनले ४२ हजार ६ सय ७५ मत पाउँदा काँग्रेसले २१ हजार ८७ मत मात्र पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर