खबर पूर्वाञ्चल
ड्रिम्स मिडिया एण्ड ईन्टरटेन्मेन्ट मेनेजमेन्ट प्रालि विराटनगरले आयोजना गरेको ‘स्कूल प्रिन्सेस २०१७’ को फिनालेमा थापाले उपाधी सँगै नगद ३१ हजार प्राप्त गरिन् । यसैगरी विजेता भएकी थापालाई विराटनगरमा रहेको कान्तिपुर कलेजले प्लस टु को लागी निशुल्क पढाउने भएको छ ।
त्यसैगरी स्कूल प्रिन्सेस २०१७ को फष्ट रनरअप विराटनगर ४ की आयल निगमकी १८ बर्षिया प्रिजिन्ता तामाङ भईन् । एल्जेलिया बोडिङ स्कूल कक्षा १० मा अध्ययनरत तामाङले फष्ट रनर अपको क्राउनसँगै नगद २० हजार र मष्ट पपुलर, वेष्ट ट्यालेनट र वेष्ट मल्टी मिडीयाको सव टाईटल पाउन सफल भईन् ।
।
यसैविच भानु स्कूलमा कक्षा १० मा अध्ययनरत विराटनगर १२ की १५ बर्षिया सारिका गहतराज भईन् उनले सेकेण्ड रनर अपको उपाधी सँगै नगद १५ हजार र बेष्ट फिजिकको सव टाईटल पाउन सफल भईन् ।
शनिबार मध्यरातमा सम्पन्न स्कूल प्रिन्सेस २०१७ को कार्यक्रमका प्रमुख अतिथी पूर्व सामान्य प्रसाशन मन्त्री तथा मोरङ क्षेत्र नम्बर ६ का बामगठबन्धनका उम्मेद्वार लालबाबु पण्डितले विजेतलाई शिरमा क्राउन लगाई दिएका थिए ।
कार्यक्रममा गायक कमल खत्रि र राहुल पराजुलीले आफनो प्रस्तुति दिएका थिए भने भाईरल डान्स ग्रुपले आफ्नो कलात्मक नृत्य प्रस्तुति दिएका थिए । स्कुल प्रिन्सेस २०१७ को मेक अप पार्टनरमा सवु व्यूटी पालर र बुटिक पार्टनरमा क्रियटिभहेन्ड्स रहेको थियो । कार्यक्रमको होष्टिङ तृष्ण रेग्मीले गरेकी थिईन् भने कार्यक्रमको अध्यक्षता ड्रिम्स मिडिया एण्ड ईन्टरटेन्मेन्ट मेनेजमेन्ट प्रालि विराटनगरका चियरपर्सन ज्ञानु श्रेष्ठले गरेका थिए । स्कूल प्रिन्सेसको कोरीयोग्राफी सिमा कर्णले गरेको ड्रिम्स मिडिया एण्ड ईन्टरटेन्मेन्ट मेनेजमेन्ट प्रालिकी सिईओ सविता केशीले जानकारी दिईन् ।