खबर पूर्वाञ्चल
आज फ्रिडम फोरम र नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको कार्यक्रममा बोल्दै सरोकारवालाहरुले दण्ड हिनताको अन्त्य गर्न विधिको शासन आवश्यक रहेको बताएका हुन् ।
जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले विधिको शासन कार्यन्यन गर्न सबै पक्ष लागि पर्नु पर्ने बताए । हरेक क्षेत्रको बिकृति अन्त्य गर्न आवश्यक रहेको बताउदै उनले पत्रकार माथी हुने अपराध नियन्त्रण गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले सबैको सुरक्षा गर्ने दाहित्व राज्यको भएकाले सुरक्षाका निम्ती राज्य प्रतिवद्ध भएको बताए । आचार्यले पत्रकार माथी हुने दण्डहिनताको अन्त्य गर्न प्रतिवद्ध रहेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले दण्डहिनता अन्त्य गर्न सबै लाग्नु पर्ने बताए । पछिल्लो समय दण्डहिनता सम्बन्धी नेपालको अवस्थामा सुधार आएको बताउदै उनले अझै जोखिम भने रहिररहेको बताए ।