खबर पूर्वाञ्चल
आज विराटनगरमा बसेको ओखलढुङेलीहरुको भेलाले वावुकाजी थापाको संयोजकत्वमा ११ सदस्य ओखलढुङा ,विराटनगर सम्पर्कको तदर्थ समिति निर्माण गरेको छ । समितिको सदस्यमा कृष्णबहादुर कार्की,तीर्थराज थापा,कौशल निरौला,सुवास कोइराला,गिरीराज अधिकारी,सुजन निरौला,यज्ञराज अधिकारी,श्यामकाजी थापा,तिर्थराज घिमिरे,सीता धमला रहेका छन् ।
आपसी सद्भाव र जिल्लावासीको सामिप्यता नजिक बनाउन समिति निर्माण गरिएको हो । समितिले एक महिना भित्र आम भेला बोलाई पूर्ण समितिको निर्माण गर्नेछ ।