animated ellipse animated ellipse

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइयो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ कार्तिक २०७४, बिहीबार २०:३४
3
Shares
विराटनगर, १६ कार्तिक÷ देशभरका बालबालिकालाई बिहीबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको छ ।

स्वास्थ्य मन्त्रालयले देशभरका ६ महिनादेखि ५ वर्षमुनिका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका पोषण शाखा प्रमुख राजकुमार पोखरेलले औषधि खुवाउन देशभरका ५० हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएकोे जानकारी दिनुभयो । औषधि शुक्रबार पनि खुवाइनेछ ।

गत कार्तिक २ र ३ गते देशभरका बालबालिकालाई खुवाउने भनिएको भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम निर्धारण भए पनि तिहारका कारण आज र भोलि सारिएको हो । भिटामिन ‘ए’ को कमीले भविष्यमा बालबालिकालाई रतन्धो रोग लाग्ने, कुपोषण हुने, दीर्घकालीन झाडा पखाला लाग्ने, दादुरालगायतका रोग लाग्ने चिकित्सकले बताएका छन् ।

औषधि खुवाउने क्रममा हरेक बालबालिकालाई कुपोषण छ कि छैन भनेर जाँच गरी भएका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा सिफारिस गरी पठाउन पनि महिला स्वास्थ्य स्वयंसेविकालाई सूचित गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर