animated ellipse animated ellipse

३३ प्रतिशतकालागि ध्यानाकर्षण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ कार्तिक २०७४, बुधबार १८:५४
3
Shares
विराटनगर, १५ कार्तिक/ विभिन्न गैर सरकारी संस्थाहरुले राजनीतिमा महिला सहभागिता नभएको भन्दै मोरङ राजनीतिक दलहरुलाई ज्ञापन पत्र बुझाएका छन् ।

आज जागरण नेपाल क्षेत्रिय कार्यालयको अगुवाईमा मोरङमा क्रियासिल दलहरुका अध्यक्षहरुलाई ज्ञापन पत्र बुझाइएको हो ।

राजनीतिमा महिला ३३ प्रतिशत सहभागिता भनिएपनि प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा महिला सहभागिता नभएकाले एमाले, माओवादी, फोरम नेपाल र कांग्रेस जिल्ला समितिलाई ज्ञापन पत्र बुझाइएको जागरण नेपालले जनाएको छ ।

ज्ञापन पत्र बुझदै राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधीहरुले महिला सहभागिता कम भएको स्वीकार गर्दै निर्वाचनमा ३३ प्रतिशत महिला सहभागिता गराउन गाह्रो भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर