AArya
RUMPUM
animated ellipse animated ellipse

मोरंग क्षेत्र नं. ४ को निर्णय सच्याउन माग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ कार्तिक २०७४, मंगलवार २०:२९
3
Shares
विराटनगर, १४ कात्तिक / बाम गठबन्धनले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ मोरङको क्षेत्र नं. ४ मा गरेको निर्णय सच्याउन क्षेत्रीय कमिटीले माग गरेका छन् ।

क्षेत्र नं ४ मा माओवादी केन्द्रका उम्म्ेदवार सावित्री काफ्लेलाई उम्मेदवार बनाउन निर्णय सच्याउन दुवै पार्टीको क्षेत्रीय कमिटीले माग गरेका हुन् । एमाले र माओवादी केन्द्रको आज वसेको सयुक्त बैठकले तत्काल निर्णय सच्याउन माग गरेको हो । निर्णय नसच्याए परिणाम प्रतिकुल हुने चेतावनी दिईएको छ । बाम गठबन्धनका तर्फबाट क्षेत्र नं. ४ मा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय भएको थियो । क्षेत्रीय कमिटीको संयुक्त बैठकले एमाले मोरङका पुर्व अध्यक्ष तथा प्रदेश कमिटी सदस्य महेश रेग्मीलाई उम्मेदवार बनाउनु पर्ने निर्णय समेत गरेका छन् । यसअघि सो क्षेत्रमा नेता रेग्मीकै नाम प्रस्ताव गरिएको थियो । पछि रेग्मीको नामलाई हटाएर काफ्लेलाई उम्मेदवार बनाउने बाम गठबन्धनले निर्णय लिएको थियो ।

क्षेत्रीय कमिटी संयोजक बाबुराम कार्कीको अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्रका क्षेत्रीय संयोजक बिजय बिश्वासले हालै निर्णय गरिएको मोरङ्ग क्षेत्र नं. ४ को प्रतिनिधि सभाको उम्मेदवार चयन प्रती विमत्ती राखे । उनले निर्णय सच्च्याउन दुबै पार्टीको केन्द्रीय कमिटीमा प्रस्ताव पेस गर्ने सर्वसम्मत निर्णय भएको बताए । उनका अनुसार माओवादी केन्द्रले मोरङ क्षेत्र नं. ४ कुनै हालतमा नलिने र आफ्नो पार्टीको तर्फबाट एमालेका नेता महेश रेग्मीलाइ नै उम्मेदवारी बनाउन पार्टीका नेतालाई स्थानीय कमिटीले अनुरोध गर्ने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर