खबर पूर्वाञ्चल
दुबै पार्टीको आज विराटनगरमा बसेको जिल्लास्तरीय पदाधिकारीको बैठकले नेकपा एमाले मोरङका अध्यक्ष विनोद ढकालको संयोजकत्वमा ११ सदस्यीय संयुक्त चुनाव प्रचार प्रसार समिति बनाएको हो ।
समितिमा एमालेका तर्फबाट मोरङका उपाध्यक्ष रामलाल साह, सचिव ऋषिकेश पोखरेल, सहसचिव धना तामाङ, जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल र संगठन विभाग प्रमुख बाबुराम कार्की सदस्य छन् । त्यस्तै, माओवादीका तर्फबाट मोरङका अध्यक्ष गोपी अछामी, इञ्चार्ज कुशल लिम्बू, गणेश उप्रेती, भोगेन्द्र यादव र गीता तिम्सिना रहेका छन् ।
संयुक्त चुनाव प्रचार समितिको कार्यालय एमाले पार्टी कार्यालय पाञ्चाली हुने संयोजक विनोद ढकालले बताए । कात्तिक १५ गतेभित्र वडा तहसम्म संयुक्त चुनाव प्रचार समिति बन्ने र कार्यालयसमेत स्थापना गरीसक्ने उनले जानकारी दिए । चुनाव प्रचारलाई व्यापक बनाउन संयुक्त सांस्कृतिक टोली, स्वयंसेवक टोली पनि बनाउने उनले बताए । त्यस्तै, आचारसंहिता अनुगमनको काम पनि संयुक्त समितिमार्फत हुने उनले जनाएका छन् ।
कात्तिक १६ गतेको उम्मेदवारी मनोनयन दर्तामा व्यापक जनताको उपस्थिति गराउने गरी संयुक्त तयारी पनि गर्ने निर्णय भएको उनले बताएका छन् ।
तपाईको प्रतिक्रिया