AArya
RUMPUM
animated ellipse animated ellipse

पथरीलाई हराउदै ईटहरीे सेमीफाईनल प्रवेश

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ कार्तिक २०७४, मंगलवार १८:१५
9
Shares
गोपाल काफ्ले
पथरी, ७ कातिक / मोरङको बयरबनमा जारी पूर्वाञ्चल स्तरीय दोस्रो बयरबन फुटसल कपमा इटहरीको पशुपती फुटवल क्लव विजयी भएको छ ।

पथरी स्पोटिङ क्लव पथरीलाई ४ का बिरुद्ध ५ गोलले पराजित गर्दै इटहरी सेमीफाइनलमा प्रवेश गरेको हो । निकै प्रतिस्प्रदात्मक खेलमा पशुपती फुटवल क्लवका लागि अमर मगरले खेलको ६,२७ र ३८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे भने दिलिप राजबंशीले ८ र ४१ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई बिजयी गराए ।

त्यस्तौ पथरी स्पोर्टिङ क्लवका लागि साईमन लिम्बुले खेलको १२, १६ र २४ औ मिनेटमा गोल गर्दै ह्याटिक गरे र मीन धिमालले ४९ औ मिनेटमा गोल गरे । खेलको म्यान अफ द म्याच पथरीका साईमन लिम्बु घोषित भए ।

बुधबारको खेल मोरङ कलेक्सन र धरान फुटवल क्लव सुनसरी बिच हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर